नेकपामा भागभण्डा : ओली सरकारको कार्यकारी, प्रचण्ड पार्टीको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठकले दुई अध्यक्षबीचको टकरावलाई किनारा लगाएको छ । वैठकले केपी शर्मा ओलीलाई सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित गर्ने प्रस्ताव पास पारित गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएका थिए । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका थिए । नेताहरुले दिएको मन्तव्य र लिखित सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने र सरकार पार्टीको मागर्दशनमा चल्ने निर्णय भएको छ । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने निष्ष्कर्ष निकालेको बताइएको छ ।
त्यस्तै आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय वैठकले गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको बताइएको छ ।