नेशनल लाईफ इन्सोरेन्स तम्घासद्वारा ३० जना अभिकर्तालाई सम्मान
गुल्मी । नेशनल लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड तम्घास गुल्मीले अभिकर्तालाई सम्मान गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा अभिकर्ता सम्मान तथा पुनर्ताजगीको कार्यक्रमको आयोजना गरी ३० जना अभिकर्ताहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको हो ।
जसमा आफ्नो कोडमा सबैभन्दा धेरै बिजनेश गरेर ऐजेन्सी म्यानेजर वसन्त अधिकारी प्रथम, पुरन बहादुर थापा द्धितिय तथा सुनिता श्रेष्ठ तृतिय हुनुभएको छ । नेशनल लाईफ इन्सोरेन्स कम्पनीका देशभर ११५ वटा शाखा रहेका छन् । जसको गुल्मी शाखामा एक हजार अभिकर्ता रहेका नेशनल लाईफ इन्सोरेन्स कम्पनी गुल्मी शाखा प्रमुख हरि प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यस अवसरमा अभिकर्ताहरुका लागि पुनर्ताजगी तालिम प्रदान गरिएको छ । नेशनल आईफ इन्सोरेन्स कम्पनी गुल्मी शाखा प्रमुख भण्डारीले यस वर्षको कम्पनी योजना तथा वार्षिक इनसेटका बिषयमा जानकारी गराउनुभएको थियो ।
यस शाखामा ८ सय ५० जनाले बिमा गराएका छन् । उनीहरुलाई आवश्यक परेको खण्डमा यसले १० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध समेत गराउँदै आएको भण्डारीले जानकारी दिनुभएको छ । उहाँले यस शाखाबाट बिमा गराएका मध्ये करिब ३४ भन्दा धेरैको मृत्युदाबी भुक्तानी समेत गरिसकेको जानकारी दिनुभयो ।
त्यस अवसरमा एजेन्सी म्यानेजर देवि कुँवरले आफ्नो अनुभव सुनाउँदै यसले महिलाहरुलाई धेरै सहयोग पुर्याउने बताउनुभयो । यसको सहायताबाट आर्थिक रुपमा पनि आत्मनिर्भर बन्दै जान सकिने समेत उल्लेख गर्नुभयो । तालिममा सहभागीहरुले पुनर्ताजगी तालिमले आफुहरुलाई थप हौसला प्रदान गरेको बताएका थिए ।
प्रमुख अतिथी एजेन्सी म्यानेजर यज्ञप्रसाद गौतम तथा अतिथीहरु ऋषि रिजाल, घनश्याम पाण्डे लगायतले बिमा महत्व बढ्दै गइरहेको बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण एजेन्सी म्यानेजर वसन्त अधिकारीले गर्नुभएको थियो ।