अविरल वर्षाले घर भत्किएपछि विचल्ली
गुल्मी । अविरल वर्षाले घर भत्किएपछि गुल्मीको मालिका गाउँपालिकाका एक परिवारको विचल्ली भएको छ । जिल्लाको मालिका गाउँपालिका–४ अर्खवाङ्कडाँडाका हिमबहादुर घर्ती रोकाहाको घर वर्षाले भत्किएको हो । गत भाद्र २६ र २७ गतेको अविरल वर्षाले उहाँको घर भत्किएपछि अहिले छिमेकीको घरमा आश्रय लिएको उहाँकी श्रीमती छमिकला घर्ति रोकाहाले जानकारी दिनुभयो ।
‘सुतिरहेका थियौ । एक्कासी घर हल्लिएर आवाज आयो । घरको पर्खाल भत्किएको रैछ ।’उहाँले भन्नुभयो ‘बाहिरको पर्खाल भत्किएकाले जोगियौँ, भएको यहि बाँस पनि भत्कियो । अहिले छिमेकीको घरमा आश्रय लिइरहेको छौँ ।’
हुनेलाई जहाँको त्यहि नहुनेलाई कही न कही भनेझैँ भत्किएको घर बनाउन नपाउँदै बारिमा लगाएको आलु समेत जंगली जनावरले नोक्सान गरिदएिपछि घर्तिलाई थप चिन्ता थपिएको छ ।
जंगली जनावर बंदेलले आलु नोक्सान गरिदिएपछि झनै समस्या बढेको उहाँले बताउनुभयो । ‘बाँस पनि भत्कियो । बारिमा लगाएको आलु पनि बँदेलले नोक्सान ग¥यो । भित्र्याउने बेला भएको मकै सबै बदेलले रातको समयमा आइ सखाप पार्यो । खाने खर्च केही छैन् ।’ चिन्तित मुद्रामा उहाँले सुनाउनुभयो ।
घर्तिका श्रीमान् यस अघि सदरमुकाम तम्घासमै सानोतिनो जागिर गर्नुहुन्थ्यो । तर कोरोना कहरले सबै क्षेत्र अस्तव्यस्त बन्दै गएपछि उहाँ अहिले घरमै हुनुहुन्छ । अहिले खाने खर्च समेत नभएपछि झन समस्या थपिएको उहाँले बताउनुभयो । उहाँको चार जनाको परिवार छ । वर्षाले घर भत्किएर विचल्लीत भएको त्यस परिवारको उद्दारका लागि सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको छ ।