संक्रमितको व्यवस्थापनमा लापर्वाही

सम्पादकीय

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई समयमा व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका भित्र संक्रमणको जोखिम उच्चरुपमा बढेको पाइएको छ । संघीय राजधानीसमेत रहेको उपत्यकामा दिनहुँ संक्रमित बढ्नुको मुख्य कारण संक्रमितको समयमा पहिचान गर्न सम्वन्धित निकाय चुकेको देखिन्छ । समयमा संक्रमितको पहिचान हुन नसक्नु र उनीहरुको सम्पर्कमा रहेकाहरुको उचित कन्ट्रयाक टे«सिङ समयमा हुन नसक्नु नै प्रमुख कारण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरुको पहिचान गरेर पनि उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजीकार्य र उचित व्यवस्थापन गर्न चुकेकोमा दुईमत छैन । परीक्षणका लागि स्वाव दिइसकेको र उनीहरुमा संक्रमण पुष्टि भइसकेर पनि समयमा तिनीहरुलाई जानकारी गराउन र व्यवस्थापन गर्न नसक्दा पनि त्यसले जोखिम बढाइरहेको पाइएको छ । अहिले पनि संक्रमितहरु खुल्ला रुपमा सडकमा घुमफिर गरिरहेको देखिन्छ ।
मन्त्रालयले लक्षण बिनाका संक्रमितलाई घरमै आइसोलेसनमा बस्न आग्रह गर्दै आइरहेको छ भने लक्षणसहितका संक्रमितलाई मात्र अस्पतालमा जान सुझाव दिदैं आइरहेको छ । तर संक्रमित व्यक्ति घरमा बसेको र नवसेको बारेमा अहिलेसम्म सम्वन्धित निकायले आजका दिनसम्म अनुगमन गर्न सकिरहेको पाइँदैंन । जस्तो सामान्य कोठा भाडामा लिएर बस्दै आएका एक व्यक्ति शका लागेपछि नोकरीकै सिलसिलामा रोजगारदाताले नै निजी प्रयोगशालामा लगेर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो । यसपछि रोजगारदाता र युवा दुवै छटपटीमा परे । अब कहाँ गएर बस्ने र उनलाई व्यवस्थापन गर्ने ? जानकारी दिएर कोठामा जाँदा घरबेटीले घर भित्र बस्न नदिने । जवर्जस्ती गएको खण्डमा घरभरीका मानिसहरुमा संक्रमण सर्ने डर । अन्तिममा आएर काम गरिरहेको अफिसमा नै उनी अहिले आइसोलेसनमा बसिरहेका छन् । उनको स्वाव संकलन र रिपोट पोजिटिभ आएको दिनमा नै मन्त्रालयले संक्रमितको लिस्टमा उनको नाम पनि समाबेश ग¥यो ।
प्रयोगशालाले पनि उनमा संक्रमण पुष्टि भएको कुराको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराइसकेको छ । तर संक्रमितको बारेमा मन्त्रालयले अहिले र आजका दिनसम्म कुनै खोजी खवरी गरेको छैन । यस्तो अवस्थामा एक्लै बस्दै आएका युवामा सनक चलेर खुल्लारुपमा सडकमा घुमफिर गरेर सयौं व्यक्तिहरुमा रोग स¥यो भने त्यसको जिम्मेवारी कसले लिने ? यस बिषयमा स्वास्थ्य मन्त्रालयले यसको जिम्मेवारी लिएर अनुगमनको कामलाई पनि सँगसँगै लैजानुपर्दथ्यो । त्यो काम किन भइरहेको छैन ? जसका कारणले पनि रोकथाम र नियन्त्रणमा आंशका जन्मिएको छ ।
यसर्थ स्वास्थ्य मन्त्रालयले घरमा बसेका संक्रमितहरुको बारेमा पनि निगरानी बढाएर अनुगमन बढाउन आवश्यक हुन्छ । जो कसैलाई दिनभरी एउटै कोठामा बस्दा दिक्क लाग्नु अस्वभाबिक पनि होइन । यसो भन्दैमा उनीहरुलाई खुल्लारुपमा बाहिर निस्कन दिनुपर्छ भनिएको पनि होइन । संक्रमण हुनु कुनै नौलो कुरा भएन । तर ऊ संक्रमित भएको कुरा मन्त्रालयको जानकारीमा आइसकेपछि उनीहरु र उसको नजिकमा बसेर काम गरेका व्यक्तिहरुको बारेमा भने निगरानी बढाएर जानकारी राख्नुपर्दथ्यो । तर ती कुनै पनि काम जिम्मेवार निकायहरुबाट भएको देखिएको छैन । संक्रमित र उनीहरुका वरपरका व्यक्तिहरु खुल्ला रुपमा हिडिंरहेकाले नराम्ररी संक्रमित बढाउने काम गरिरहेका छन् भन्दा दुईमत नहोला ।