सामाजिक कार्यमा कलाकार पल
काठमाडौं । कलाकार पल शाह पछिल्ला दिनमा सामाजिक कार्यमा लागेका छन् । केही समयअघि चलचित्र प्राविधिकलाई सहयोग गरेका पलले कालीकोटका पहिरो पीडितलाई पनि सहयोग हस्तान्तरण गरेका थिए ।
त्यस्तै केही दिनअघि उनले बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का बाढीपीडितलाई राहत वितरण गरेका छन् ।
कलाकार शाहसँगै गायक तथा मोडल दुर्गेश थापा पनि राहत वितरण गर्न बाग्लुङ पुगेका थिए । उनीहरुले बाढी पीडितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद रुपैयाँ ५० हजार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन् । पलले सामाजिक सञ्जालमार्फत आफूहरुले बाढीपीडितका लागि राहत वितरण गरेको जानकारी दिएका छन् । बाढी प्रभावित भएको स्थानसम्म जान निकै असहज भएकाले जनप्रतिनिधिलाई राहत बुझाइएको पलले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।