प्रधानमन्त्री ओलीले बामदेवलाई थाङनामा सुताउँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको लागि राष्ट्रपति समक्ष सिफारिस नगर्ने संकेत गरेका छन । प्रधानमन्त्री ओलीले यसअघि पनि गौतमलाई संघीय संसदको सदस्य बनाउने आश्वासन दिएर पनि त्यसै लडकाइदिएका थिए ।
गएको फागुनमा नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नको लागि गरेको निर्णयलाई प्रधानमन्त्री ओलीले ठाडै इन्कार गर्दै आएका छन । पछिल्लो पटक पनि नेकपाको निर्णयलाई आजका दिनसम्म कार्यान्वयन गर्ने नगरेर गौतमलाई थाङनामा सुताउँ प्रपञ्च प्रधानमन्त्री रच्दै आएको बुझिएको छ ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकबाट नेता गौतमको नाम सिफारिस नगरेसम्म राष्ट्रिपति बिद्यादेबी भण्डारीले मनोनित गर्न मिल्दैन । तर प्रधानमन्त्री ओली जसरी भएपनि गौतमलाई सिफारिस नगर्ने मुडमा रहेको बालुवाटार श्रोतले जानकारी दिएको छ ।