मन्त्रिपरिषद बैठक ः बामदेव र कुलमान बारे के होला ?


काठमाडौं । साँझ ५ बजे बस्न लागेको मन्त्रिपरिषदको नियमित बैठकले गर्ने निर्णयका बारेमा अहिले आम चासो बढेको छ । बैठकबारे यसरी आम चासो बढनुको मुख्य कारण नेपाल बिद्युत प्राधिकरणमा हुने नयाँ नियुक्ति नै हो । यसैगरी नेकपाका उपाध्यक्ष तथा नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितको लागि राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिसको बिषय पनि आम चासोको बिषय बनेको छ ।
आइवारबाट रिक्त भएको प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुन नियुक्ति प्रति अहिले आम नेपाली जनताले धेरै नै चासो लिएका छन । २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको नियुक्ति हुँदा मुलुकमा दैनिक १८ घण्टा लोडसेडिङ थियो । ‘अव मुलुक लोडसेडिङ मुक्त हुनेछ’ भन्ने सन्देश चारवर्ष अघि उनको नियुक्ति सँगै सुन्न पाउँदा आम नेपालीको मुहारमा उज्यालोपन देखिएको थियो । उनको चारवर्षे कार्यकालमा पुरा भए सँगै ती प्रतिबद्धताहरु पनि पुरा भएको छ ।
चारवर्ष पछि अहिले फर्केर हेर्दा यसअघि मुलुक लोडसेडिङ हुन्थ्योर भन्नुपर्ने अवस्थामा आइपुगेको छ । यो अवधिमा बिद्युतको क्षेत्रमा यत्रो नयाँ परिवर्तन संभव किन र कसरी भयो भन्ने बिषयमा अहिले बिभिन्न खालका बहसहरु चल्ने गरेका छन । चार वर्षको अवधिमा यो कायापलट चानचुने बिषय होइन र थिएन । तर अहिले यो बिषयलाई सरकारले पुरै नजरअन्दाज गर्दै बर्तमान सरकारले घिसिङको पुर्न नियुक्तिलाई मजाकको बिषय बनाएकोे बुझाई आम जनताको रहेको छ । सरकारको यस्तो कदमबाट नेपाली जनता निराश बनेका छन ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको लागि राष्ट्रपति समक्ष सिफारिस गर्न आनाकानी गर्दै आएका छन । प्रधानमन्त्री ओलीले यसअघि पनि गौतमलाई संघीय संसदको सदस्य बनाउने आश्वासन दिएर पनि त्यसै लडकाइदिएका थिए ।
गएको फागुनमा नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजानको लागि गरेको निर्णयलाई प्रधानमन्त्री ओलीले ठाडै इन्कार गर्दै आएका थिए । पछिल्लो पटक भदौ १८ गते नेकपाको ससचिवालय बैठकले गरेको निर्णयलाई आजका दिनसम्म कार्यान्वयन गर्ने तयारी गरिएको छैन ।
संभवत आज बस्न लागेको मन्त्रिपरिषद बैठकले उनको बारेमा निर्णय गर्ने अनुमान गरिएको छ । पार्टी सचिवालय बैठकले निढर्नय गरेपनि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकबाट नेता गौतमको नाम सिफारिस नगरेसम्म राष्ट्रिपति बिद्यादेबी भण्डारीले मनोनित गर्न मिल्दैन । तर प्रधानमन्त्री ओली जसरी भएपनि गौतमलाई सिफारिस नगर्ने मुडमा रहेको बालुवाटार श्रोतले जानकारी दिएको छ ।