गुल्मीका दुई वटा सुनचाँदी व्यवसायीक संगठनको एकता घोषणा

गुल्मीका दुई वटा सुनचाँदी व्यवसायीक संगठनको एकता घोषणा गरिएको छ। गुल्मी सुनचाँदी व्यवसायी संघ र गुल्मी रेसुङ्गा सुनचाँदी व्यवसायी संघबीच एकता घोषणा गरिएको हो। सुनचाँदी व्यवसायी बीचको एकतालाई सुदृढ बनाउन एकता संयोजन समितिका संयोजक नारायण बरालले दुई संगठन बीचको एकता घोषणा गर्नुभएको हो।

दुई वटा सुनचाँदी व्यवसायी संगठनलाई एकता गरी गुल्मी सुनचाँदी व्यवसायी संघ नामारकण गरिएको छ। एकता संयोजन समितिका संयोजक बरालको अध्यक्षतामा भएको भेलाले नयाँ कार्य समिति चयन गरेको छ।

भेलाले रामु सुनारको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्ष झविन्द्र विश्वकर्मा, उपाध्यक्ष राम बहादुर सुनार, उपाध्यक्ष ज्ञानेन्द्र सुनार तथा महासचिवमा धर्म विश्वकर्मा चयन हुनुभएको छ।

सचिवमा रामु सुनार, सह–सचिवमा सुर्य सेन्चुरी, कोषाध्यक्ष सुर्वण बराल, सह–कोषाध्यक्ष विजय कालिराज लगायत सदस्यहरु रहनुभएको छ। भने ७ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ।

एकता घोषणा कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ प्रदेश ५ का सदस्य गोपाल सुनारको प्रमुख आतिथ्यता रहेको थियो। त्यस अवसरमा झविन्द्र विश्वकर्मा, रामलाल विक, कृष्ण सुनारले शुभकामना मन्तव्य राख्नुभएको थियो। लुम बहादुर सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन धर्म विश्वकर्माले गर्नुभएको थियो।