इस्मा मल्दीका पहिरो पीडितहरुलाई आर्थिक सहयोग प्रदान

गुल्मीको इस्माका बाडी पहिरो पीडितहरुको राहत र उद्धारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। सामाजिक अभियान्ता तथा समाजसेवि बाबुराम पन्थीको नेतृत्वमा देश–विदेशबाट संकलन गरिएको आर्थिक रुपैँया हस्तान्तरण गरिएको होे।

बुधबार एक कार्यक्रमका बीच उक्त वडाका ५८ परिवारलाई कुल एक लाख ४८ हजार आठ सय प्रदान गरिएको हो । जसमध्ये मृतक परिवार क वर्गकालाई प्रति परिवार चार हजार पाचँ सयका दरले, ख वर्गका परिवारलाई प्रति परिवार तीन हजार तथा ग वर्गका परिवारलाई प्रति परिवार एक हजार सात सयका दरले वितरण गरिएको छ ।

शिक्षक समेत रहेका सोही वडाका स्थानीय बाबुराम पन्थीले सामाजिक सञ्जाल फेसबुकबाट सहयोग अभियान सुरू गर्नुभएको थियो । उक्त अभियानबाट देश तथा विदेशबाट अहिलेसम्म कुल एक लाख ९० हजार नौँ सय संकलन भएको छ । जसमध्ये ४२ हजार एक सय यसभन्दा अगाडि नै वितरण गरिएको सहयोग संकलनकर्ता पन्थीले बताउनुभयो।