कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रममितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मोरंगकी ६४ वर्षीय एक महिला, काठमाडौँका ८७ वर्षीय एक पुरुष, चितवनकी ३६ वर्षीय एक महिला, कैलालीकी ५७ वर्षीय एक महिलाको निधन भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ ।