नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।
इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा आज विहान पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सात÷आठ घण्टापछि सडक दुईतर्फी नै खुलेको बताइएको छ ।
सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधबार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध हुँदा धेरै सवारी साधन जाममा परेका थिए ।