काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर उपत्यकामा मात्रै कोरोना संक्रमितको कुल संख्या १९ हजार ६४९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा गरेर १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।
यीमध्ये हाल १० हजार ५२ होम आइसोलेसनमा छन् भने ८ हजार २३७ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४५५ निको भएका छन् । योसँगै ५१ हजार ८६६ जना निको भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यो समेत गरेर नेपालाम कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ ।