थपिए १३१३ जनामा संक्रमित, थप ६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज थपिएका समेत गरेर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
आज देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुष गरी १३१३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण निको भएकाहरुको संख्या ५१ हजार ८६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र २२७ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३५ जना आइसियू र ३४ जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आइसियू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा १९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ आइसियूमा उपचाररत रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित नेपाल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ ।
कहाँ कति संक्रमित थपिए ? हेर्नुस विवरण