तीन फिल्ममा खेल्दै साम्राज्ञी
काठमाडौं । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी डिमान्डकी हिरोइन् हुन् । शाह अहिले एकपछि अर्काे फिल्ममा अनुबन्धित भइरहेकी छन् ।
पछिल्ला समय उनी अनुवन्धित भएका फिल्महरु ‘एक’, ‘रेड वाइन’ हुन । चलचित्र ‘हुतुतु’ पनि उनी लगभग फाइनल भइसकेको बुझिएको छ । निर्देशक हेमराज विसीको फिल्म ‘एक’मा अभिनय गर्न गत वर्ष नै शाहले साइन गरेकी थिइन् । अभिनेता प्रदीप खड्कासँग अपोजिट रहने यो फिल्म कोरोनाको कहर सकिने बित्तिकै छायाँकन शुरु हुने बताइएको छ ।
त्यस्तै ‘रेड वाइन’ भने उनले गत मङ्गलबार साइन गरेकी हुन् । रमेश एमके पौडेलको निर्देशन रहने फिल्ममा उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् ।
‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’मा पनि रहने चर्चा छ । यो विषयमा आधिकारीक धारण निर्माण युनिटले सार्वजनिक गरेको छैन । न त साम्राज्ञीले यस विषयमा मुख खोलीका छिन् । तर, बाहिर भने ‘हुतुतु’ उनी देखिने पक्कपक्की भएको चर्चा छ ।
यी तीनै फिल्म कोरोनाको कहर सकिएपछि छायाँकनमा जाने गरेर तयारी भइरहेको बताइएको छ ।