थपिए १५७३ जना सङ्क्रमित, १० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका मध्ये ८०९ जना सक्रमित काठमाडौं उपत्यकाका हुन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ मा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमित समेत गरेर कुल सङ्क्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै निको भएकाहरुको संख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३।४४ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ भने २२५ जना आइसीयूमा रहेर उपचार गराइरहेका छन् ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको संख्या १९ हजार १९ पुगेको छ भने क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ वटा नमूना परीक्षण भएको थियो । नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।