हामीले जनतामाझ गरेका प्रतिबद्धता करिब पूरा भए

- कमल प्रसाद नेपाल (अध्यक्ष, लिसंखुपार गाउँपालिका, सिन्धुपाल्चोक)

सिन्धुपाल्चोकको लिसंखुपार गाउँपालिका पनि भूगोलले पहाड नै छ । यहाँको आर्थिक समृद्धि जनप्रतिनिधिलाई चुनौतिको विषय हो । यसको सामना गर्न यस गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपाल कत्तिको सक्षम हुनुहुन्छ, गाउँपालिका भित्रका यी र यस्तै विषयमा रेसुङ्गा टुडेका प्रतिनिधि लक्ष्मी बोहोराले उहाँसंग गरेको विकासे कुराकानी आजको अंकमा ।
यस गाउँपालिकामा जननिर्वाचित भएर आएपछि गाउँवासीको पक्षमा तपाईले के–कस्तो नयाँ काम गर्नुभयो ?
निर्माणको क्षेत्रमा हाम्रो जिल्ला भूकम्प प्रभावित जिल्ला हो त्यस हिसाबले पहिलो चरणमा पुनर्निर्माणका कामहरु सुरुवात भयो । निर्माणका कामहरु २–३ प्रतिशत मात्र अर्थात सुरुवातको चरणमा मात्र पाइला टेकेको थियो । यस कामलाई हामीले प्राथमिकताका साथ अगाडी बढायौ । पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिने हिसाबले सडकहरुलाई हामीले टोल बस्तीसम्म लगियो । घर बनाउन सामान ल्याउन असहज भयो भन्ने गाउँबासीको गुनासो भएको कारणले गर्दा पहिलो प्राथामिकता सडकलाई दिईयो र सडक त्यस अनुरुप विस्तार भयो । अर्को पक्षलाई हेर्दा विद्युृत जडानका पोलहरु काठको थियो बर्सेनि दुर्घटना भईरहेको कारणले गर्दा त्यसलाई उन्मूलन गरौ भन्ने हिसाबले फलामको पोलहरु निर्माण गरियो । विद्यालयहरु भत्किएका थिए । त्यसलाई पुनर्निर्माण गरियो । स्वाथ्यको हिसाबले स्वास्थ्यचौकीहरु तहसनहस भएको अवस्था थियो । त्यसलाई पनि पुनर्निर्माण गरियो । हामी निर्वाचित भएर आउँदा यस गाउँपालिकामा बस्ने ठाउँ थिएन वडा कार्यालय थियो । कार्यालय पनि एकदमै पुरानो थियो बस्ने कुर्सीहरु पनि बस्न लायक थिएनन् । सपथ लिदा पनि त्यस्तै अवस्थामा लियौं तर अहिले गाउँपालिकाले आफ्नो भवन निर्माण गरेको छ । गाउँपालिकाको सीमा भित्र रहेर हामीले धेरै काम निर्माण गरिसकेका छौं ।
यस गाउँपालिकाले वडाहरुको विकास गर्नका लागि कसरी बजेट विनियोजन गरेको छ ?
यस गाउँपालिकाले बजेट विनियोजन गर्दा वडाहरुलाई पनि बजेटको सीमा दिने गरेको छ । स्रोत अनुमान तथा सीमा निर्धारण समिती भन्ने छ । त्यसको नियम अनुसार गाउँपालिकाको प्रमुखको संयोजकत्वमा बैठक बसी जम्मा बजेट कति छ र त्यसको सीमाहरु के– कस्ता छन् समान्य किसिमको मापदण्ड बनाएर वडालाई पनि एक खालको सीमा दिई बजेट विनियोजन गरिन्छ । गाउँपालिकामा पनि विभिन्न खालका जस्तै स्वास्थ्य, शिक्षा, रोजगार, कृषी यस्ता धेरै शाखाहरु छन् । वडा समिती बस्छ योजनाहरु छनोट गरेर पुग्ने बजेट राखी नपुग्ने बजेट थप योजनाका लागि गाउँपालिकामा पठाउँछ । शाखाहरुले पनि नगरी नहुने काम गर्छन् र त्यस पछि बजेट तथा योजना समितीमा छलफल गरी समग्रमा आएको त्यस ठाउँमा पेश गरी नमिलेको कुरा मिलाउने कुरालाई बढी प्राथमिकता दिई त्यसलाई हेर्ने काम गर्छौं । त्यसबाट पास गरेपछि कार्यपालिकामा पेश गरी सभामा पु¥याउँछौं ।
स्थानीय जनताले के–कस्तो विकास निर्माणको माग बढी गर्ने गरेका छन् ?
धेरै माग भनेको सडक निर्माणको लागि थियो हाल गाउँपालिकाको सबै वडाहरुमा सडकको पहुँच पुगेको छ । यसलाई हिउँद र बर्षाको समयमा पनि वडा–वडामा गाडी पुग्ने गरी सडकलाई स्तर उन्नती हुनुपर्ने सिचाई खानेपानी, चिहान घर, सामुदायिक भवन, गुम्बा र मन्दिर बनाउने धेरै माग आएको छ । भौतिक निर्माणसंग सम्बन्धित बढी माग आउने गरेका छन् ।
कृषि र सिंचाई क्षेत्रको बारेमा पनि केही कुरा बताईदिनु हुन्छ कि ?
यस गाउँपालिका अलिकति टक्रक्क माथि डाँडामा बसेको छ । यस ठाउँमा कृषि क्षेत्रलाई बढी मात्रामा प्राथामिकता दिइएको छ । कृषी पेशालाई बढी प्राथमिकता दिईएन भने यस ठाउँको आम्दानीको स्रोतलाई अगाडि बढाउन सकिदैन । गाउँबासीको जनजीवनलाई सुधार गर्न सक्ने अवस्था रहँदैन । त्यस कारणले यस गाउँपालिकाले कृषि र पर्यटनलाई बढी मात्रामा प्राथमिकता दिईएको छ । पर्यटन पनि आर्थिक हिसाबले कोरोना को कारण लाभदायक बन्न सकेको छैन त्यसैले हामी सबै गाउँबासीलाई कुषि उत्पादनमा जोड दिएका छौ । यस वर्ष देखी नेपाल बैकसंग सहकार्य गरेर कुषि व्यवसाय, पशु, घरेलु उधोगसंग सम्बन्धीत काम गर्ने हस्तकलाको काम गर्ने मानिसलाई केही प्रतिशत व्याज गाउँपालिकाले केही नेपाल सरकारले दिने गरेको छ । सम्बन्धित मन लागेको व्यवसाय गर्न चाहनेलाई १ प्रतिशत तिर्ने गरी अनुदान दिने व्यवस्था पनि अगाडी बढाएको छ । कृषि क्षेत्रमा अनुदान अन्तर्गत पशु सम्बन्धी पाएका छन् तर खासै उपलब्धी हासील भएको छैन ।
यस गाउँपालिकामा खानेपानीको अवस्था कस्तो छ ?
यस गाउँपालिकामा स्वच्छ खानेपानी मापदण्ड अनुसार तयार भईरहेको छ । खानेपानी सबै टोलमा छ । यस गाउँपालिकामा एक घर एक धाराको मोडलमा काम थालनि गरिएको छ । आगामी बर्षको असार महिना सम्ममा काम पुरा हुने छ । पहिला पनि टोलको ३÷४ घरको एक धारा भएको कारणले गर्दा मिलेर गाउँवासीले स्वच्छ र सफा पनि उपयोग गरिरहेका छन् । अहिले त्यसलाई अलिक व्यवस्थित गरेर एक घर एक धारा गर्न लागिपरेका छौ ।
कोरोना संक्रमणले यस गाउँपालिकामा कस्तो असर पु¥याएको छ ?
यस रोगको असर हाम्रो नेपाल लगायत विश्व भरी छ । यस रोगबाट हाम्रो गाउँपालिका पनि अछुतो रहेन । यस ठाउँमा कोरोना पोजेटिभ एक जनालाई देखिएको थियो । काठमाडौ उपचार गर्न जाँदा हस्पिटलमा देखिएको सबैले शंका गरे । उनको परिवारलाई र हस्पिटल लैजाने मानिसलाई चेक गर्दा उनीहरुमा कोरोना भेटिएन । यस गाउँपालिकाले बाहिरबाट आउने मानिसहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्र घर जान पाउने व्यवस्था गरेको छ । स्थानीय तहमा अरु पोजेटिभ देखिएको छैन ।
यस गाउँपालिकाको आम्दानीका मुख्य स्रोतहरु के–के हुन् ?
यस गाउँपालिकामा मुख्य समस्या भनेको आम्दानीको स्रोत हो । संस्थागत रुपमा हेर्ने हो भने यस ठाउँमा स्थानीय आम्दानीको स्रोत छैन । जमिन र वन नै यस ठाउँको आम्दानीको मुख्य स्रोत हो ।
यहाँले सार्वजानिक सम्पत्ति संरक्षणमा गाउँबासीको सहभागिता कत्तिको पाउनु भएको छ ?
यस गाउँपालिकामा सार्वजनिक सम्पत्ति संरक्षण गर्न यस ठाउँको नागरिकको ध्यान छैन । उनीहरुलाई लाग्छ सार्वजानिक सम्पत्ति हो जसले जसो गर्दा पनि हुन्छ । जो कोहिले उपयोग गरेनि फरक पर्दैन भन्ने छ । यो सरकार हामी सबैको हो हामी सवै मिलेर संरक्षण गर्नु पर्छ भन्ने उनीहरुमा छैन ।
पर्यटन क्षेत्रको विकास र गाउँपालिकाको आम्दानी बढाउनका लागि के –कस्तो योजना अगाडी सार्नु भएको छ ?
सबै भन्दा पहिला कृषि उत्पादनलाई अगाडी बढाउने प्रसोधन गर्ने निर्यात गराउने गरेका छांै । यस गाउँपालिकाको मुडेमा आलु खेती प्रसस्त मात्रामा हुने भएकोले आलुलाई ब्राण्डिङ्ग गर्ने बाहिर पठाउने काम हुन्छ । पर्यटक भित्राउन मुडेमा इरिस्टेसन बनाएको छ । प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको विचमा रहेको वाफल तल एउटा खोलामा ताल निर्माण गर्ने भनेर प्रदेश सरकार संग प्रस्ताव राखेका छौं । सडकको छेउछाउमा फलफुल उत्पादन गरी निर्यात गर्ने भन्ने सोच बनाएका छौं ।
तपाईको गाउँपालिकामा शिक्षाको अवस्था कस्तो रहेको छ ?
यस गाउँपालिकामा ११ वटा मा.वि छ । अरु सबै गरेर २९ वटा विद्यालय रहेका छन् । शिक्षाको हिसाबमा हेर्ने हो भने यसलाई समग्रमा भन्दा धेरै राम्रो पनि होइन नराम्रो भन्न पनि मिल्दैन मध्यम खालको रहेको छ । यस गाउँपालिकाभित्र विद्यालयको लागि भवनहरु पर्याप्त मात्रमा बनिसकेको छ । पूर्वाधारको हिसाबले भन्नुपर्दा हामी कमी छैनौ । शिक्षामा भने थप मेहनत गर्नुपर्ने छ । शिक्षक र विद्यार्थीलाई थप उत्पे्ररणा दिएर अगाडि बढिरहेका छौं । हामी जति अपेक्षित रुपमा सुधार गर्न चाहेका थियौ सुधार गर्न सकेका छैनौं ।
यहाँले चुनावताका गरेको प्रतिवद्धता कति प्रतिशत पुरा हुने अपेक्षा राख्नुभएको छ ?
यस गाउँपालिकामा हामी जनप्रतिनिधिहरुले जनताले माग गरे अनुसारको काम गरिरहेका छौ । सडक, सिचाई, टोलबस्तीहरुमा पु¥याएका छौं । करिब–करिब हामीले जनतामाझ गरेको प्रतिबद्धता केही पुरा भए भने केही पुरा हुँदै छन् ।