थपिए १३५१ कोरोना संक्रमित, कहाँ कति ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना निको भएर घर गएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ५४६४० जना पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेको छ ।
कुल संक्रमितमध्ये १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन् । २२५ जनाको आईसीयुमा उपचार र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
आज थपिएकाहरुमा प्रदेश १ को इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ४९, संखुवासभामा १ र सुनसरीमा २० जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा २२, पर्सामा ७, बारामा ३, महोत्तरीमा २५, रौतहटमा १, सप्तरीमा १०, सर्लाहीमा ६ र सिरहामा ५५ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा १७, दोलखामा १, धादिङमा ११, नुवाकोटमा ३, भक्तपुरमा ३६, मकवानपुरमा ४०, ललितपुरमा १ सय ३२, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ३, तनहुँमा १७, नवलपरासी पूर्वमा २०, पर्वतमा ३, लमजुङमा ७, बाग्लुङमा १ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा २, नलवपरासीमा ५, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६ र रुपन्देहीमा २० जनामा कोरोना पाइएको छ।
कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, दैलेखमा २, सल्यानमा २ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १३, कैलालीमा ५०, बझाङमा १४ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।