उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुर ११२ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ । उनीहरुमध्ये काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा १ हजार १२७ जना छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन् । मन्त्रालयका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो २४ घण्टामा थप १०५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ५६ हजार ४२८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।