कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेको छ । आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले देशव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।
असोज १९ गते बस्ने केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गर्ने गरी तयारी भएको बताइएको छ । त्यस्तै आजको वैठकमा संसद्को विशेष अधिवेशन बोलाउन समेत माग गर्ने विषयमा छलफल गरेको बताइएको छ ।
सरकार भ्रष्टाचारमा रुमलिएको, कोरोना नियन्त्रणमा असफल भएको, १७ दिनयता अनसनरत डा गोविन्द केसीका मागका विषयमा पनि सरकारले कुनै चासो नदिएको भन्दै कांग्रेसले देशव्यापी रूपमा आन्दोलन गर्ने तयारी गरेको बताइएको छ ।
प्रदर्शन गर्न जिल्ला कार्यसमिति र भातृ संस्थालाई अघि सार्ने निर्णय गरेको एक नेताले बताएका छन् ।

(फाइल तस्बिर)