गुल्मीदरबारमा सुरक्षित प्रसुती सेवा

गुल्मी । गुल्मीदरबार गाउँपालिका बडा न. ३ बलिथुममा नयाँ बर्थिङ सेन्टर स्थापना गरेको १५ दिन नपुग्दै सुत्केरी हुनेको संख्या ३ पुगेको छ ।
गएको राती १२ बजेर ८ मिनेटमा २१ बर्षकि सीता परियारले बच्चा जन्माएकी थिइन भने दिउँसो २ बजेर २९ मिनेटमा २७ बर्षकि दिल कुमारी सर्तुङ्गीले २ किलो
७०० ग्राम तौलको बच्चा जन्माएको बलिथुम स्वास्थ चौकीका प्रमुख दिल ब। थापाले जानकारी गराउनु भयो ।
गुल्मीदरबार गाउँपालिकाले सुरु गरेको ‘कस्तो छ आमा’ कार्यक्रमलाई प्रभावकारी बनाउन बिस्तार गरिएको बर्थिङ सेन्टरमा आएर गर्भवती महिलाहरु सुत्केरी हुने क्रम सङ्गै गाउँपालिकाको लक्ष्य, शुन्य होम डेलिभरी पूरा गराउन सहज हुने गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण अर्यालले बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुरक्षित प्रसुती सेवाको पहुँच बढाउन केही बाहेक सबै बडा हरुमा बर्थिङसेन्टर बिस्तार गरिएको र ती संस्था हरुमा सेवा लिनेको पहुँच बढेकोमा खुशी ब्याक्त गर्नु भयो ।
गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले सुरक्षित प्रसुती सेवा प्रबाह, स्वास्थ शिशुको जन्म र स्वास्थ बच्चाको हुर्काइ सङ्गै स्वास्थ नागरिकको अवस्था श्रृजना भइ स्वास्थ समाज बनाउने सपना साकार पार्न ‘कस्तो छ आमा’ बर्थिङ सेन्टरको बिस्तार जस्ता कार्यक्रम ल्याएको बताउनु भयो ।
बर्थिङ सेन्टरमा सुत्केरी भएका दुबै आमा र बच्चाको स्वास्थ अवस्था समान्य भएको बलिथुम स्वास्थ चौकीकी फोकल पर्सन रिम कुमारी श्रीसले बताउनु भयो ।