कोरोना संक्रमणको २५ वर्षीय मलिलाको मृत्यु
बाँके । कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि २५ वर्षीया युवतीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेकी २५ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
दीर्घरोग वा अन्य स्वास्थ्य समस्या नभएको र उनको मृत्युको कारण कोभिड १९ रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । धनगढीको सन्तोषी टोलकी उनी केही वर्षदेखि बाँकेको नेपालगञ्जमा वस्दै आएकी थिइन् । भदौ ३० गते स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको र त्यही दिन भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । निरन्तर स्वास्थ्यमा जटिलता देखिएपछि प्लाज्मा थेरापी मार्फत उपचार थालिएको थियो । आज विहान ११ बजे स्वास्थ्य अवस्था जटिल वनेको र भेल्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर वेलुकी पौने ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोनाका कारण उनको दुवै साइडको फोक्सोमा निमोनियाको समस्या देखिएको थियो ।