मालिका छापका मृगौला पीडित बालकलाई आर्थिक

गुल्मी । गुल्मीको मालिका छापका दुई वर्षिय मृगौला पीडित बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–५ का दुवै मृगौला पीडित बालक जक्सन गिरीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।
गुल्मी घर भई अहिले रोजगारको सिलसिलामा बहराईनमा रहनुभएका तेजेन्द्र थापा मगर र भुपाल बस्यालले सहयोग संकलन गरि पठाएको आर्थिक सहयोग पत्रकार सुमन महतराले हस्तान्तरण गर्नुभएको हो ।
बहराईनमा रहनुभएका तेजेन्द्र थापा मगर र भुपाल बस्यालले सहयोग संकलन गरि पत्रकार महतराको खातामा पठाउनुभएको थियो । शुक्रबार मोहत्राले पीडित गिरीको घरमै पुगी उपचारका लागि उहाँको बुबा रतन गिरीलाई रु १० हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
रतन गिरी तथा हिमकला गिरीका दुई बर्षिय छोराको विगत डेढ वर्ष देखी दुवै मृगौला फेल भई अहिले उपचाररत हुनुहुन्छ । उहाँले अहिलेसम्म ऋणधन गरेर उपचार गरेपनि अहिले आर्थिक स्रोतको अभाव भएपछि आर्थिक सहयोगको याचना गर्नुभएको छ ।