काँग्रेसमा सभापतिका आकांक्षी बढदै, महाधिवेशन कहिले ?
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमा हुने बिषयमा आशंका बढेको छ । तर महाधिवेशनमा सभातिको लागि उम्मेदवारहरु बन्ने आकांक्षीहरुको संख्या भने दिनदिनै बढदै गएको छ । महाधिबेशनको बिषयलाई लिएर पार्टी भित्रको आन्तरिक बिवाद सतहमा आउन थालेको छ । साँढे चार वर्ष अघि सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका सभापति शेरबहादुर देउवाले बिधानअनुसार पार्टी संचालन गर्न नसेकोमा अहिले आएर उनको चर्को आलोचना हुँदै आएको छ ।
सभापति देउवाले बिधान बिपरित गरेका निर्णयहरु सच्याउन पार्टीका नेताहरुले एक हप्ताको अल्टिमेटमा दिएका छन । यस कारण पनि घोषित आसन्न १४ औं महाधिवेशन निर्धारित मिती र समयमा हुने कुरामा आशंका उव्जिएको छ । महाधिबेशन हुने नहुने अनिश्चितताका बावजुत पनि सभापतिका आकांक्षीहरुको संख्या भने दिनप्रतिदिन बढदै जान थालेको छ ।
पार्टी सभापति देउवाले संस्थापनइतर समुहलाई पेलेरै एकपक्षिय ढंगले बिभागहरु गठन गरेकोमा पनि उनको पार्टी भित्रबाटै चर्को आलोचना हुँदै आएको छ । त्यति मात्र होइन, बिधानअनुसार पार्टीको संगठन संचालन गर्न नसकेको र महाधिवेशनको निश्पक्षता माथि पनि केन्द्रिय सदस्यहरुले प्रश्न उठाउँदै असोज १२ गते सोमवार २७ जना केन्द्रिय सदस्यहरुले पार्टी केन्द्रिय कार्यालय सानेपामा बिरोध पत्रसमेत बुझाएका छन । महाधिवेशनको बिषयलाई लिएर बस्न लागेको केन्द्रिय समितिको बैठक अगाडि नै बिगतमा सभापति देउवाले एकपक्षिय ढंगले गरेका निर्णयहरु सच्याउन पनि नेताहरुले आग्रह गरेका छन ।
१३ औं महाधिवेशनमा देउवालाई सभापति बन्न सहयोगी भुमिका खेलेका मुख्य नेताहरु नै अहिले उनको बिपक्षमा उभिन थालेका छन । पार्टी सभापति देउवाको कार्यशैलीलाई लिएर १३ महाधिबेशनमा देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका अर्जुननरसिंह केसीसमेत बिरोधमा उत्रिएका छन । संस्थापनइतर पक्ष मात्र होइन, देउवानिकटका केसी र उपसभापति निधीलगायतका नेताहरु पनि उनको कार्यशैलीप्रति सन्तुष्ट हुन सकिरहेका छैनन ।
सभापति देउवा निकट उपसभापति बिमलेन्द्र निधीलेसमेत देउवालाई चुनौती दिन लागेका छन । आसन्न १४ औं महाधिवेशन पनि देउवा स्वयम सभापतिको उम्मेदवार बन्ने भएपछि असन्तुष्ट मात्र बनेका छैननकि कुनै हालतमा उनलाई सहयोग नगर्ने भन्दै आफैं सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन । यसैगरी केसी पनि सभापति देउवाको कार्यशैलीप्रति बिस्वश्त र सन्तुष्ट बन्न सकिरहेका छैनन । यही संसयका बिच महाधिवेशनको मुद्धामा केन्द्रित भएर संस्थापनपक्ष र इतर पक्षका समुहले सभापति शेरबहादुर देउवाको निरकुंश शैली र बेथितिका बिरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिदै आएका छन ।
यसअघि देउबाइतर पौडेल समुहको भर्चुअल बैठक गरेका थिए । उक्त समुहको भर्चुअल बैठकले सभापति देउवाले समयमा क्रियाशील सदस्यताको काम अगाडि नबढाएको आरोप लगाउँदै केही खास जिल्लामा मात्र क्रियाशील सदस्यताको लागि फाराम पठाएर अरु जिल्लाहरुमा ढिलो गरी पठाएको आरोप लगाएका थिए । महाधिवेशनको मिती नजिक आउँदासम्म पनि सवै जिल्लाहरुबाट क्रियाशील सदस्यता बितरणको प्रक्रिया अगाडि बढाउन नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका छन । यो कुराले नेपाली काँग्रेसको आगामी महाधिवेशन समयमा हुने बिषयमा आशंका मात्र जन्मिएको छैन कि महाधिवेशन अनिश्चितता तर्फ धकेलिदै गएको बताइएको छ । महाधिवेशन गराउने बिषयमा संस्थापन समुह गंभिर नभएको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।
महाधिवेशनको मुद्धामा केन्द्रित हुनुपर्ने समयमा सभापति देउवा पार्टीको काममा भन्दा पनि बिभाग गठन गरेर पार्टीलाई बदनाम गराउन लागेको आरोप बिभिन्न फोरमहरुमा उठने गरेको छ । आफु निकटका नेता तथा कार्यकर्तालाई मनोनित गरेर महाधिवेशनलाई प्रभावित गर्न खोजेको आरोप पनि सभापति देउवामाथि लाग्दै आएको छ ।
१३ महाधिवेशन सम्पन्न भएको छ महिना भित्रमा गठन गरिसक्नुपर्ने बिभागहरु १४ औं महाधिवेशनको मिति घोषणा पश्चात पनि धमाधम गठन भइरहेका छन । सभापति देउवाबाट बिधान बिपरित भइरहेको यस्ता कार्यलाई तत्काल सच्चाउनका लागि संस्थापन र इतर पक्षबाट आग्रहर दवाव पर्दै आएपनि अहिलेसम्म उनको कानमा बतास लाग्न सकेको छैन । यसको सुनुवाई पार्टीभित्र कँही कतै हुन सकिरहेको पनि छैन । त्यसका लागि सभापतिलाई एकहप्ताको अल्टिमेटसहितको समयसिमा केही केन्द्रिय सदस्यहरुले दिएका छन । आफुहरुले दिएको समयसीमा भित्र गलत निर्णय सच्चाउन देउबा तयार नभएको खण्डमा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन ।
संसदमा प्रमुख प्रतिपक्षदलको भुमिकामा रहेको नेपाली काँग्रेस भित्रको यो बिवाद नौलो भने होइन । हरेक महाधिवेशनमा यस्ता बिषयहरु जल्दोबल्दो रुपमा उठने गरेका छन । महाधिबेशन पछि स्वत सेलाएर पानीको फोका सरह बिलाउने गरेका छन । हरेक महाधिवेशन हुनु अगाडि संस्थापनइतर समुहले उठाउने गरेका मुद्धा यिनै हुन । तर संस्थापन पक्षले बेवास्था गर्दै एकलौटी ढंगले अगाडि बढने नेपाली कांग्रेसको परम्परा नै हो ।
महाधिवेशनको सुनिश्चिता नहुँदै सभापति पदको लागि एकदर्जन नेताहरुले आ–आफना उम्मेदवारी घोषणा गर्न भ्याइसकेका छन । सभापतिका आँकाक्षीहरुमा उपसभापति निधी, बरिष्ठ नेता पौडेल, बर्तमान महामन्त्री शंशाक कोइराला, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिं, रामशरण महतलगायत नेताहरु रहेका छन ।