गृहमन्त्रीको अभिव्यक्तिप्रति अभिनेत्रीको आपत्ति



काठमाडौं । गृृहमन्त्री रामबहादुर थापाले दिएको एक अभिव्यक्तिप्रति सर्वत्र आलोचना भइरहेको छ । गृहमन्त्री थापाले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था सामान्य रहेको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो ।
गृहमन्त्री थापाकाको अभिव्यक्तिलाई लिएर अभिनेत्री ऋचा शर्माले समेत सामाजिक संजालमार्फत आक्रोश पोखेकी छन् । उनले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको उल्लेख गरेकी छिन् ।
उनले विभिन्न नेताहरुले बलात्कारका घटनाको बिषयमा दिएको केही अभिव्यक्तिलाई बुँदागत रुपमा उल्लेख गरेकी छिन् ः
१. यस्तो बेला बलात्कार भैरहन्छ – (भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम)
२. बलात्कार पुँजीवादीले गराएको हो – (निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा)
३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – (रामनारायण बिडारी ।)
४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – (गृहमन्त्री रामबहादुर थापा ।)