थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा आज एकै दिन थप ४ हजार ३६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। एकै दिन पुष्टि भएको यो हालसम्मकै धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार ३६४ जनामा कोरोनाको संक्रमण देखिएको हुन । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ९८ हजार ६१७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा २६७५ जना डिस्चार्ज भएका छन् । निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
कुल संक्रमितमध्ये २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा कोरोनाको आशंकामा १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ । देशभर हाल ४ हजार ४ सय ६० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
कहाँ कति भेटिए कोरोना संक्रमित ?
प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २ सय ४९, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा २ सय १४ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिरहामा ४८ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ८५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १ सय ३५, मकवानपुरमा १०५, रामेछापमा ५, ललितपुरमा ३ सय २०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्युठानका १, बर्दियाका १०, बाँकेका ५७, रोल्पाका १ र रुपन्देहीका १ सय ९९ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालीकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुम पश्चिममा ५, सुर्खेतमा १ सय ६, हुम्लामा ३ र सल्यानमा ४ जनाका कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका समेत गरेर नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।