सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरौं, कोरोना भगाऔं
समयक्रम सँगै बिभिन्न किसिमका महामारीहरु आइ नै रहन्छन् । यो समयको नियम पनि हो । बेला बेलामा यस्ता रोगहरु देखा परेकोले नै बिज्ञान र बैज्ञानिकहरुले नयाँ नयाँ किसिमको अध्ययन अनुसन्धान र खोजहरु गर्न पाएका छन् । यस्तो नहुँदो हो त उनीहरु सुतेर बस्नुपर्ने र उनीहरुको महत्व पनि कम हुन्थ्यो होला । बिश्वमा कोरोना महामारीको संक्रमण शुरु भएयता बिकसित मुलुकहरुले बिभिन्न किसिमका खोपहरुको बिकासका बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन् । केही मुलुकले खोप बिकास गरेको दावी गरे पनि प्रयोगमा भने आइसकेको छैन ।
यसैबिच, मुलुकमा दैनिक बढिरहेको कोरोना संक्रमित दरका कारण सर्वसाधारण नागरिकहरुमा त्रास निक्कै बढेको छ । बिगत एकहप्ताको तथ्याङ्क केलाउँदा पनि यही कुराको संकेत मिली रहेको छ । यसरी संक्रमितको संख्या बढ्नुको अर्को प्रमुख कारण स्वाव परीक्षणको दायरा फराकिलो हुनु पनि हो । जसका कारण संक्रमितको संख्या सोचेभन्दा बढी हुन पुगेको अड्कलबाजीहरु समाजमा भइरहेका छन् । यो र यस कुरालाई मात्र कारण मानेर अव ढुक्क हुने, उम्कन सकिने, भाग्ने अवस्था र छुट कोही कसैलाई पनि छैन ।
बिश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्ड र नेपाल सरकारले बनाएको कोरोना संक्रमण नियन्त्रण र रोकथाम सम्वन्धी स्वास्थ्य प्रोटोकललाई पालना गर्ने भन्दा पनि उल्लंघन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । सर्वसाधारण नागरिकले यी नियमको पालना गर्न कञ्जुस्याईं र हेलचेक्राईं गरेका कारण पनि दिनहुँ संक्रमितहरुको संख्या बढ्न पुगेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ । कोरोना महामारीको संक्रमण नेपालको मात्र समस्या होइन । यसले बिश्वव्यापीरुपमा नै समस्या पारिरहेको छ ।
यो कुरालाई सवैले बुभ्mने र मनन् गरेर गाउँघरमा सजिलै उपलव्ध हुने जडिबुटीका प्रजातीहरु, बेसार, अदुवा, लसुन, टिम्वुरलगायत घरेलु आयुर्बेदिक औषधि तर्फ जोड दिने हो भने पनि केही हदसम्म यो रोग नियन्त्रणमा आउनको लागि सहयोग पुग्न सक्ने संभावनाहरु औल्याइएका छन् । जथाभावी रुपमा बजारमा पाइने जंकफुड उपयोग गर्ने र बिना मास्क हिडडुल गर्ने र स्वास्थ्य सावधानीलाई ख्याल ख्याल सोच्ने र स्वास्थ्यको मापदण्ड पालना नगर्नाले पनि संक्रमितको दर बढ्न पुगेको बताइएको छ ।
सरसफाईमा उचित ध्यान पुर्याउने र साव्दिक भोजन तर्फ पनि जोड दिनु अहिलेको आवश्यकता ठानिएको छ । कोरोना संक्रमण हुन नदिनको लागि प्रशस्त पोसिलो खानेकुराको आवश्यक पर्छ भन्ने नाममा मासुजन्य पदार्थ र जाँड रक्सीको भोजन गर्ने प्रबृत्तिमा अहिले बढोत्तरी भइरहेको पाइएको छ । यसलाई रोक्न, कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि समाजमा यस्ता खालका जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न सके यसले पनि केही हदसम्म सहयोग पुग्न सक्ने बिज्ञहरुले औल्याएका छन् ।
मुलुकमा हाल लक्षणबिहिन संक्रमितहरुको संख्या नै धेरै रहेको पाइएको छ । काठमाडौं बाहिरको तुलनामा संघीय राजधानीमा संक्रमितको संख्या उच्चदरमा बृद्धि भइरहेको छ । एक किसिमले भन्नुपर्दा काठमाडौं उपत्यकामा कोभिड १९ घर घरमा पुगिसकेको अनुमान लगाउन थालिएको छ । हाल मुलुकभरीमा २६ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेकोमा काठमाडौं उपत्यकामा मात्र ५८.३९ अर्थात १५ हजार ५ सय ८३ जना रहेको बताइएको छ ।
अँस्ति शुक्रवारसम्ममा मुलुकमा संक्रमितको कुल संख्या १ लाख नाघेको स्वाथ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी निको भएर घर फर्किनेहरुको संख्या ७३ हजार भन्दा माथि पुगेको बताइएको छ । सक्रिय संक्रमितको संख्या २६ हजार रहेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालीहरुको महान चाडवाडहरु पनि नजिकिदै छन् । यो समयमा आफ्ना घरपरिवार, आफन्तहरुसँग पनि भेटघाट बाक्लो हुने भएकोले पनि अझ संक्रमितको संख्या बढ्न सक्ने अनुमान लगाउन कुनै कठिनाई छैन र पर्दैन । सरकारले जुन जुन ठाउँमा अहिले बसोवास गरेको हो सोही ठाउँमा बस्न सर्वसाधारण नागरिकहरुमा अनुरोध गरिरहेको छ । तर सरकारले दिएको आदेशको पालना गर्ने पक्षमा जनता छैनन् । काठमाडौं उपत्यकाबाट राजधानी बाहिर जाने नाकाहरुको अवस्था अवलोकन गर्दा लाग्छ मुलुकमा कुनै किसिमको रोग र महामारी नै नभए झै मानिसहरु निर्धक्कसँग गाउँगाउँ गइरहेको देख्न सकिन्छ । यसबाट नै धेरै कुरा प्रष्ट हुन्छ सरकारले दिएको आदेशको पालना गर्न कोही पनि तयार छैनन् ।
हुन पनि सरकारले हचुवाको भरमा गत वर्षको चैत्र ११ गते मुलुकभर लकडाउन गरेर जनतालाई आतंकित पार्ने काम ग¥यो । लकडाउनका कारण समस्यामा परेका सर्वसाधारण नागरिक दैनिक रुपमा गुजारा चलाउन नसकेर आप्mनो थातथलोमा फर्कन खोज्दा सजिलै जान सकेनन् । यातायात बन्द हुँदा हप्तौ दिन हिंडेर गन्तव्यतर्फ जान नागरिकहरु बाध्य भए । जुन समयमा मुलुकमा महामारीको एकरत्ति पनि भय थिएन ।
असोज महिना लागेपछि नै हजारौ संक्रमित थपिएका छन् । त्यसैगरी संक्रमितको मृत्यु हुने दर पनि उसैगरी बढिरहेको छ । महामारी रोग नियन्त्रण र रोकथामको लागि प्रभावकारी भुमिकाका साथ उपस्थित हुनुपर्ने सरकार दिनहुँ स्वास्थ्य मन्त्रालयमा प्रेस ब्रिफिङको नाममा जनतालाई अर्ति उपदेश र हुकुमी शैलीमा आदेश दिनु नै आप्mनो कर्तव्य ठानिरहेको छ । जनतालाई शिष्ट र नम्र भाषामा कोभिड १९ ले पुर्याउने हानीका बिषयमा स्थानीय सरकारमार्फत जानकारी गराउनुको सट्टा केन्द्रबाट आदेश दिएर आप्mनो दायित्व र कर्तव्यबाट उम्किने प्रयासका कारणले गर्दा अहिले दिनहुँ हजारौको संख्यामा संक्रमित देखिने गरेका छन् । संक्रमण नियन्त्रण र रोकथामका लागि प्रदेश र स्थानीय सरकारमार्फत जति भूमिका खेल्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । यसो भन्दैमा सरकार सुतेर बसेको छ भन्न खोजिएको पनि होइन । सरकारले तोकेको मापदण्ड उल्लंघन गर्ने क्रम निरन्तर बढिरहेको छ । त्यसलाई पालना गराउने जिम्मेवारी तीन तहकै सरकारको हो । तर त्यसो हुन सकिरहेको छैन । स्वास्थ्य मापदण्ड पालना नगरिकन खुल्ला रुपमा मानिसहरु हिँडडुल गरिरहेका छन् । सार्वजनिक यातायातका साधनहरुले सरकारले तोकेको प्रोटोकलको खिल्ली उडाइरहेका छन् । न उनीहरुले गाडीमा यात्रुहरुलाई ह्याण्ड सेनिटाइजर प्रयोग गर्न दिएका छन् न त भौतिक दुरी कायम गराएर चढाएका छन् । आफुलाई जे मन लाग्यो त्यही गरेर दोव्वर भाडा असुल गरिरहेका छन् । त्यसको अनुगमन कुनै सरकारी निकायबाट भएको पाईदैन । आफुले लागु गरेको नियमको पालना भए नभएको अनुगमन र नियमन गर्ने जिम्मा पनि सरकारकै होइन र ।
हामीले जति सरकारले तोकेको मापदण्डको पालना गर्दैनौं उति नै महामारी बढ्ने र संक्रमितको संख्या बढ्ने हो । यसका लागि सरकारले तोकेको मापदण्डको पालना गरौं र कोरोना भगाऔं । अहिलेको उत्तम उपाय भनेको यही नै हो । यसो गर्न सकेमात्र हामी नजिकिदै गरेको चाडपर्व राम्रोसँग मनाउन सक्छौं ।