गुल्मीदरबारमा बजार अनुगमन सम्पन्न

-गुल्मीको गुल्मीदरबार गाउँपालिकाले गाउँपालिका अन्तरगत संचालित पसल हरुको अनुगमन गरेको छ!गाउँपालिका भित्रका सातै बटा बडामा रहेका खाद्यान्न,हाडवेयर,कस्मेटिक,ग्रील पसल लगायत होटेलहरुको समेत अनुगमन गरिएको थियो अनुगमनको क्रममा म्याद गुज्रिएका खाद्यहरु पेयपदार्थहरु हाडवेयरबाट पेन्टसहरु,कस्मेटि पसल बाट स्रीङ्गारका समानहरु बिक्रिको लागि राखेको भेटिएको थियो ! भने अधिकतम पसलहरु व्याबसाय दर्ता गरे पनि नवीकरण नगरी संचालन गरेको पाइएको थियो ! अनुगमनको क्रममा प्राप्त म्याद गुज्रिएका समानहरु गाउँपालिका बाट गएको अनुगमन टोलिले जफत गरेको छ ! अनुगमनमा गाउँपालिका उपाध्यक्ष मिना भण्डारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे गाउँपालिकाका कर्मचारी नबराज घिमिरे,टंक पन्थी,सुरेश खनाल,भिमसेन थापा,प्रकाश,थापा नारायण अर्याल,टेकराज गिरि,टुक ब.राना,निर्मला पाण्डेय,उजेली देबि पोख्रेल जिल्ला प्रशासन बाट ईश्वरि भण्डारी,उद्दोग बाणिज्य संघका प्रतिनिधि पत्रकार र सुरक्षा निकायको सहभागिता थियोे ! गाउँपालिकाले दर्ता नगरी र दर्ता पछि नवीकरण नभएका ब्यवसाय हरुलाइ गाउँपालिकाको कार्यलयमा आई तुरुन्तै ब्यवसाय दर्ता र नवीकरण गर्न अनुरोध गरेको छ !