कोभिड १९ ले बिकास निर्माणमा पनि प्रत्यक्ष असर पा¥यो
काठमाडौं । शहरका गल्ली र साँघुरा सडकहरुलाई चौडा र फराकिलो बनाएर वाहावाही कमाएका व्यक्ति हुन डा. भाइकाजी तिवारी । अहिले कोरोना महामारीले कारण बिकास निर्माणका काममा प्रत्यक्ष असर परेको उनको दावी रहेको छ । काठमाडौं उपत्यका बिकास प्राधिकरणमा बिकास आयुक्तको रुपमा पुन नियुक्ति पाएसँगै डा.तिवारीको जिम्मेवारी अझ बढेको महसुस सवत्र भइरहेको भएपनि महामारीको कारण सोचेजसरी काम अगाडि बढाउन नसकिएको अनुभव उनले सुनाए ।
प्राधिकरण र जिल्ला आयुक्त कार्यालयहरुले समयमा योजना छनौट गरेर टेण्डर प्रक्रियामार्फत काम अगाडि बढाएको भएपनि तोकिएको समयमा काम सम्मन्न गर्न बाधा पुगेको छ । बिकास निर्माणलगायत अन्य बिकासका महत्वपुर्ण कामहरुमा महामारीले प्रत्यक्ष असर गरेकोले समयमा काम र योजना सम्मपन्न हुने बिषयमा कठिनाई र आशंकाहरु उत्पन्न भइरहेको उनले बझाई छ ।
प्राधिकरणबाट बहुबर्षिय र सालबसाली योजनाहरु निरन्तर चलिरहेकै छन । अघिल्लो आर्थिक वर्षको कामहरु फागुन, चैत्र अर्थात अन्तिम समयमा नै आएर धमाधम हुने समय हो । तर यही समय आएर लकडाउन हँुदा त्यसको प्रत्यक्ष असर बिकास निर्माणको काममा परेको उनको तर्क छ । हुन त यो क्षेत्रमा मात्र कोरोना महामारीले असर पारेको होइन ।
सम्पुर्ण बिश्व नै यसको मारबाट अछुतो छैन । हामीले काम गराउँदा समय सीमा तोकेर गराएका हुन्छौ । जसका कारण तोकिएको समयमा काम सम्पन्न गर्न सक्ने परिस्थति र अवस्था रहेन । धमाधम काम हुने मध्य समयमा कोरोना महामारीको भय र आतंक चलेपछि बाध्य भएर सरकारले मुलुकमा लकडाउन गर्यो त्यसको असर सवैतिर पर्नगयो उनको भनाई छ ।
तर पनि हामी निरन्तर ठेकेदार कम्पनीसँग सम्पर्कमा रहेर काम गरिरहेका छौं । उनीहरुले पनि सकेसम्म आफुले लिएको कामको जिम्मेवारी समयमा पुरा गर्ने बिषयमा जोड दिएर काम अगाडि बढाइरहेका छन । जसका कारण अहिले पनि काम रोकिएका छैनन र धमाधम अगाडि बढिइरहेका छन ।
जहाँ समस्या र कठिनाई आउँछ ती बिषयलाई शहरी बिकास मन्त्रालयसँग समन्वय गरेर काम अगाडि बढाइरहेका छौं । कामदार अभावको कारणले रोकिएको काम पनि अगाडि बढेका छन । सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पुरा गरेर काम अगाडि बढाउन भनेका छौं ।
उनी भन्छन यस्ता केही बिषयमा प्रत्यक्षरुपमा भेटेर वा मिटिङ बसेर छलफल र बहस गरेर टुँगाउनुपर्ने बिषयहरु हुन्छन । तर कोरोना महामारीका कारण एकैठाउँमा उपस्थित भएर कुरा गर्न सकिने अवस्था बन्न सकिरहेको छैन । परिस्थति अनुकुल नहुँदा कतिपय कामहरु अगाडि बढाउन कठिनाई परिहेको छ ।
प्राधिकरणले आवश्यक कर्मचारीको पदपुर्ती गर्न समेत सकिरहेको छैन । सातौ तह भन्दा माथिका कर्मचारीको लागि लोकसेवाबाट बिज्ञापन भएर पनि मन्त्रालयसँग समन्वय नहुँदा त्यो काम अहिले रोकिएको अवस्था छ उनी बताउँछन ।