काठमाडौं उपत्यकामा थपिए १६१५ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएका छन् । उनीहरु मध्ये ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । हाल १६ हजार ५२१ जनामा भाइरस सक्रिय रहेको छ ।
त्यस्तै ललितपुरमा कुल संक्रमितको संख्या ८३५० जना पुगेको छ । उनीहरु मध्ये ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । हाल २४७० जनामा भाइरस सक्रिय रहेको बताइएको छ ।
उता भक्तपुरमा ५५१९ संक्रमित मध्ये ४३८३ निको भएका छन् भने ६१ जनाको मृत्यु भएको छ । हाल १०७५ जनामा भाइरस सक्रिय रहेको बताइएको छ ।
आज देशभरमा २ हजार ३६४ जना संक्रमित थपिएका छन् भने तीन हजार ३८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै थप १७ जनाको मृत्यु भएको छ ।