कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ८, उदयपुरमा १६, ओखलढुंगामा १, खोटाङमा ५, झापामा ७५, तेह्रथुममा १, धनकुटामा ७, भोजपुरमा २, मोरङमा २ सय १२, सुनसरीमा ८०, सोलुखुम्बुमा ३३ र संखुवासभामा १ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा २५, पर्सामा ३, बारामा १, महोत्तरीमा १०, रौतहटमा १२, सप्तरीमा १६, सर्लाहीमा ६ र सिरहामा १३ जनामा कोरोना पाइएको छ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा ३५, दोलखामा ३, धादिङमा १५, नुवाकोटमा ४, भक्तपुरमा ९६, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा २, ललितपुरमा १ सय ६४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै गण्डकी प्रदेशको कास्कीमा १ सय ५५, गोरखामा ४, तनहुँमा २५, नवलपरासी पूर्वमा ३०, पर्वतमा ५, म्याग्दीमा ७, लमजुङमा १३, बाग्लुङमा ८ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १८, गुल्मीमा ११, दाङमा ३, नलवपरासीमा १०, प्युठानमा १, बर्दियामा २२, बाँकेमा ३२ र रुपन्देहीमा ९१ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा १, डोल्पामा १, दैलेखमा ६, रुकुम पश्चिममा ३ र सुर्खेतमा २४ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको कञ्चनपुरमा ७, कैलालीमा ४७, डडेल्धुरामा २, डोटीमा ३६, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
हाल देशभरमा जम्मा संक्रमित मध्ये ३७ हजार ७६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
हालसम्म संक्रमण मुक्त हुनेको संख्या एक लाख ३४ हजार ८ सय २४ जना पुगेको छ ।
त्यसैगरी, नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।