गुल्मी प्रहरीले तीन महिनामा ९ लाख भन्दा धेरै राजस्व संकलन
गुल्मी प्रहरीले तीन महिनाको अवधीमा ९ लाख भन्दा धेरै राजस्व संकलन गरेको छ । नियम विपरीत सञ्चालित सवारी साधनहरूलाई कारबाही गरि चालु आर्थिक वर्षको तीन महिनामा ९ लाख ७५ हजार जरिवाना असुल गरिएको जिल्ला ट्राफि प्रहरी कार्यालय गुल्मीलेका कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा १ हजार २ सय ९१ सवारी साधन कारवाहीमा परेका थिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरसका कारण सरकारले लागु गरेका मापदण्ड विपरीत चलेका सवारीसाधन, सिट क्षमता भन्दा बढी यात्रु बोकेर यात्रा गराउने सवारीसाधन, सवारी साधन अनुमती पत्र नभईकन सवारी चलाउने तथा नियमविपरीत चल्ने सवारीसाधनलाई कारबाही गरिएको पाण्डेले बताउनुभयो ।
कारबाहीमा पर्ने गाडीहरुमा ठूला ट्रकदेखि मोटरसाईकल र स्कुटरसम्म छन् । साउन माहिनामा २ सय ४१ सवारी कारबाहीबाट २ लाख ७५ हजार ५ सय, भदौ महिनामा ४ सय ५० सवारी कारवाहीबाट २ लाख ७९ हजार र असोज महिनामा सबैभन्दा धेरै ६ सय सवारी कारवाहीबाट ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको पाण्डले जानकारी दिनुभयो ।
त्यस्तै भदौ महिनामा सबैभन्दा धेरै २ सय ४२ मोटरसाइकल कारवाहीमा परेका थिए । उक्त कारवाहीबाट १ लाख ५७ हजार ५ सय राजस्व संकलन भएको थियो । असोज महिनाभर साना तथा ठूला सवारी गरी कूल ६ सय सवारी कारबाहीमा परेका छन् ।
असोज महिनामा मात्र सबैभन्दा धेरै ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएकोे छ । सुरक्षित यात्राको लागि सवारी चेकजाँचमा ट्राफिक प्रहरीको सक्रियता बढेपछि धेरै सवारी कारवाहीमा परेका हुन् ।सबै सवारीसाधन नियमअनुसार चलेर यात्रुलाई सुरक्षित यात्रा गराउनको लागि सवारी चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।