संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय अमान्य : कांग्रेस
काठमाडौं । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णय संविधानको मर्म विपरीत भएकाले त्यो आफ्नो पार्टीलाई अमान्य भएको नेपाली कांग्रेसले जनाएको छ।
मन्त्रिपरिषदको असोज ११ गतेको बैठकले गरेको निर्णय अनुसार मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई परिपत्र गरेको थियो ।
संविधानको मर्म विपरित सरकारी निर्णय भएको दावी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भनेका छन् ‘होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान निर्माणको प्रतिबद्धताप्रति सचेत गराउँदै शर्माले प्रश्न गरेका छन्, ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?’