थप २९०९ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कहाँ कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज थपिएकाहरुमा १ हजार ७७६ पुरुष र १ हजार १३३ जना महिलामा संक्रमण भएको हो ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा १ हजार ३३८ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जनामा कोरोना भाइरस संक्रमण भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
पछिल्लो २४ घण्टामा कास्कीमा १२९, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०/७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जनामा संक्रमित पुष्टि भएको छ ।
त्यस्तै धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०/२०, धादिङ र सिन्धुपाल्चोकमा १९/१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४/१४, रौतहट र नुवाकोटमा १३र१३, दोलखा र नवलपरासीमा १२/१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०र१० जना संक्रमित भेटिएका छन् ।
दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७र७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५/५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४र४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रुकुम पश्चिम, सल्यान र बझाङमा ३/३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २र२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १र१ जना संक्रमण देखिएको छ ।