भारतीय सेनाध्यक्षको नेपाल भ्रमण सकारात्मक

सम्पादकीय

नेपालको अत्यन्तै नजिकको छिमेकी मुलक भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको गत बुधवारबाट शुरु भएर शुक्तबार सम्पन्न भएको भ्रमणलाई कुटनीतिक बृत्तमा फलदायी मानिएको छ । केही समय अगाडिबाट सीमा विवादको बिषयलाई लिएर नेपाल र भारतका बीच कुटनीतिक सम्वन्धमा चिसोपन बढेको थियो । खासगरी नेपालले लिपुलेक कालापानीलगायत आफनो भु–भाग र क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेको थियो । भारतले नेपालको यो भु–भागलाई आफनो भुमी दावी गरेर जवरजस्ती गर्दै आएको थियो । नेपाल सरकारले प्रमाणसहित भुमी नेपालको भएको भन्दै नक्शामा समेटेर सार्वजनिक गरेपछि भारत र नेपालबीच सयौं वर्षदेखि रहदै आएको कुटनीतिक सम्वन्धमा चिसोपन बढेको भान सर्वत्र भइरहेको थियो । नेपालको यो कार्यबाट छिमेकी मुलक भारत केही बिच्किएको पनि थियो । जसका कारण दुई असल छिमेकीका बीचमा रहदै आएको सम्वन्धमा चिसोपना बढेर राजनीतिक र कुटनीतिक सम्वन्धका बिषयमा कुनै किसिमको कुराकानी समेत हुन सकिरहेको थिएन । यसले गर्दा दुई देशका आपसी हितका बिषयमा कुनै सवांद हुन सकिरहेको थिएन । सदियौं देखि छिमेकीमुलकका बिचमा रहदै आएको आपसी कुटनीतिका सवालका बिषयमा केही असहजता उत्पन्न भएर दरार उत्पन्न हुन पुगेको थियो र एकआपसमा कुराकानी र संवाद अगाडि बढन सकिरहेको थिएन ।
गत कार्तिक ५ गते भारतीय गुप्तचर संस्था ‘र’ प्रमुखले नेपालको भ्रमण गरेका थिए । उनको भ्रमणले दुवै छिमेकी मुलुकका बिचमा रहदै आएको चिसोपनलाई केही न्यानो पार्ने बातावरण र्सिजना गरेको थियो । यद्यपी उनको खुल्ला रुपमा भएको भ्रमणको बिषयलाई लिएर राजनीतिक र कुटनीतिक बृत्तमा बिरोध नभएको पनि होइन । उनको भ्रमणलाई लिएर बहसहरु नचलेको पनि होइन । सत्तारुढ दल नेकपा भित्रैबाट पनि उनको भ्रमणको बिषयलाई लिएर बिभिन्न किसिमका टिकाटिप्पनीहरु भइरहेका छन । तर पनि उनको भ्रमणले नेपाल र भारतका बीचमा चिसिएको सम्वन्धलाई सुधार्न केही महत्वपुर्ण भुमिका खेलेकोले यो बिषय तैं चुप मैंचुप बनिरहेको छ । भ्रमणले सकारात्मक दिशा निर्देश गरेकोले पनि यसमा नेपाली काँग्रेसलगायत अन्य बिपक्षी राजनीतिक दलहरुले खासै बिरोध जनाएकोले पनि खासै बिरोध भएन र भएको छैन ।
दुई छिमेकीमुलुकका बीच राजनीति तहमा कुनै संवाद हुन नसकिरहेको समयमा कर्मचारीलाई अगाडि साररे वा भ्रमण गराएर वार्ताको वातारण सिर्जना खोजेको बिषयलाई सकारात्मक नै मान्नुपर्छ । दुई देशका प्रधानमन्त्री वा राजनीतिक तहमा कुराकानी हुन सकिरहेको थिएन । जससका कारण दई मुलुकका बीचमा रहदै आएको राजनीतिक र कुटनीतिक बिषयका बारेमा नकारात्मक हल्ला फैलिरहेका थिए । साथै दुई मुलुकका बिचमा प्रत्यक्ष रुपमा कुराकानी हुन नसक्दा राजनीतिक बातावारण केही असहज र धुमील बन्दै गइरहेको थियो । रानीतिक वातावरण अझ थप बिग्रिएर दुई मुलुकका बिचमा दरार उत्पन्न हुने होकी भन्ने भान पनि नपरेको पनि होइन । यस्तो अवस्थामा कर्मचारीबाट भएपनि भ्रमणको शुरुवात भएर दुई देशको बिचमा बढेको चिसोपना केही न्यानो बनेको छ । यो दुवै मुलुकका लागि सुखद बिषय मान्न सकिन्छ ।