उद्योग वाणिज्य महासंघको ६३ पदमा १२७ जना भिड्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । महासंघको ६३ पदमा हुने निर्वाचनमा १२७ जनाको उम्मेदवारी परेको छ ।
महासंघको निर्वाचन समिति मुख्य निर्वाचन अधिकृत उमेन्द्र केशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लिलामणि पौडेल र रमणकुमार कर्णले उम्मेदवारहरुको सुची आज सार्वजनिक गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अब अध्यक्ष बन्दैछन् भने आगामी कार्यकालको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्दैछन् ।
प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
कुन पदमा को–को भिड्दैछन् ?