के गर्दैछ नेपाली काँग्रेस ?

काठमाडौं । नेपालको प्रतिष्ठित राजनीतिक दल नेपाली काँगे्रसको राजनीतिक गतिबिधि ठप्प प्राय छ । सत्तारुढ दल नेकपा जस्तै उ पनि आन्तरिक किचलोमा जकडिएको छ । जसका कारण उसको राजनीतिक गतिबिधि पनि शुन्य जस्तै छ । संसदमा प्रमुख प्रतिपक्ष दलको भुमिकामा रहेको काँग्रेस सरकारले गरेका हरेक कमी कमजोरी बिरुद्ध खरो रुपमा उत्रन के चुँ सम्म बोल्न सकिरहेको छैन । प्रतिपक्ष दलले निभाउनु पर्ने भुमिका पार्टी भित्रकै सरकार इतर समुहले निभाइरहेको छ ।
सरकारले गर्ने हरेक गलत कामको बिरुद्ध आवाज उठाउने र उसका कमी कमजोरीलाई जनताका माझ लगरे नङगाउने काम प्रतिपक्ष दलको भुमिका र दायित्व हो । तर अहिले नेपाली काँगे्रस आफनै पार्टीले मुलुकमा सरकार चलाएको झै गरी आनन्द मानिरहेको छ ।
नेकपाको बर्तमान सरकार आपसी घर झगडा गरेर दुनियाँलाई हँसाउने काममा मस्त छ । मुलुकमा प्रतिपक्ष दल नभएको झै गरी एकलौटी र स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको र बढने ध्याउन्नमा प्रयत्नरत रहेको छ । उसलाई खवरदारी गर्ने दायित्व बोकेको प्रतिपक्ष दल भने जाडो महिनामा घाम तापेर न्यानो लिइरहेको छ । नेकपाको ओली सरकारले मुलुकमा प्रतिपक्ष राजनीतिक दल छ भन्ने महसुुस यो सरकार गठन भए पश्चात आजका दिनसम्म गर्नु परेको अवस्था छैन ।
१४ औं महाधिवेशनको सुँगा रटाइ र महाधिवेशन केन्द्रित भएर आन्तरिक घर झगडामा ब्यस्त छ । यसका बावाजुत आगामी फागुनमा हुने भनिएको महाधिबेशन नहुने पक्कापक्की भइसकेको छ । महाधिवेशनको नयाँ मिति तोक्न र घोषणा गर्न पनि सकिरहेको छैन । लामो समयदेखि हुन नसकेको भातृ संगठनहरुको निर्वाचन गराउन सकिरहेको छैन । मंसिर महिना भित्र नविकरण गर्नुपर्ने र नयाँ क्रियासिल सदस्यहरुको लिस्ट केन्द्रमा पठाउन जिल्ला सभापतिहरुलाई उसले भरखरै उर्दी जारी भने गरेको छ ।