नेकपाको किचलोले सिङ्गो मुलुक नै बन्धक

काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक किचलोको कारण सिङगो मुलुक नै राजनीतिक बन्धक बन्न पुगेको भन्दा अतियुक्ति नहोला । ०७७ सालको शुरुवातस“गै नेकपा भित्र उत्पन्न भएको आन्तरिक किचलो बिस्तारै बढदै गएर पार्टी बिभाजनको सन्निकट पुगेर पनि हाललाई टरेको होकी भन्ने स्थितिमा पुगेको छ । बिगत आठ महिना देखि नेकपा भित्र गुम्सदै र बाहिरीदै आएको आन्तरिक बिवाद केही दिनको लागि पर सरेकोले तत्काल पार्टी बिभाजनको खतरा टरेको बताइएको छ । यद्यपी अझै त्यो संभावना टरिनसकेको राजनीतिका जानकारहरुको बुझाई छ ।
दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र मिलेर नेकपा गठन भएको आगामी जेठ ३ गते तीन बर्ष पुग्दैछ । नेकपा गठन भएको अढाई वर्ष नपुग्दै सो पार्टीभित्र बिभिन्न किसिमका खिचातानी र अवरोधहरु उत्पन्न भएका छन । जसका कारण एकीकरण भएको तीन महिना भित्रमा पुरा गरिसक्ने भनेको दुई पार्टी बिचको एकीकरण प्रक्रियाले मुर्त रुप लिनुको सटट उल्टै बिभाजनको रेखा कोर्न शुरु गरिसकेको छ ।
दुवै पार्टीका अध्यक्षद्धयले हचुवाको भरमा पार्टी एकीकरण गरेकोले नै आज यो पस्थिति बनेको नेकपाकै अन्य केही नेताहरुको बुझाई छ । तल्ला कमिटीहरुवाट छलफल र बहस चलाएर आवश्यकता र औचित्यका आधारमा पार्टी एकीकरण गरेको भए अहिलेको स्थिति र परिस्थति नआउने कतिपय नेताहरुको धारणा र बुझाई छ । दुई नेताहरुको व्यक्तिगत र सत्ता केन्द्रित स्वास्र्थका लागि एकीकरण गरेको पुष्टि घटनाक्रमहरुले गरिरहेका छन । सैद्धान्तिक लडाईं र नेपाली जनताको पक्षमा काम गर्न भन्दा पनि आफनो स्वार्थमा केन्द्रित भएर अध्यक्षद्धय लाग्दा नेकपामा अहिलेको स्थिति उत्पन्न भएको बताइन्छ । अव रातदिन घर झगडा गरेर बस्नु भन्दा उनीहरुले बिचार मिल्नेसँग अलग्गै चुलो बाल्नु नै राम्रो हुने तर्क राजनीतिक बुद्धिजीवीहरुको रहेको छ ।
सत्ता स्वार्थ कै लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनमा पनि आलोपालो गर्ने सहमति गरेका थिए । तर सहमति कार्यान्वयन हुने संभावना नदेखेपछि अर्का अध्यक्ष प्रचण्डले त्यो शर्त त्यागेर अध्यक्ष ओलीलाई पुरै कार्यकाल अर्थात पाँच वर्ष प्रधानमन्त्री चलाउन दिन तयार भए । आफु कार्यकारी अध्यक्ष भएर पार्टी काम गर्ने सहमति उनीहरुको बिचमा भएको थियो । तर यी कुनै पनि शर्त प्रधानमन्त्री ओलीले पालना नगरेको भन्दै दाहालले वाराम्वार पार्टीमा किचलो गर्ने गरेका छन । यही किचलो बढदै गएर अहिले नेकपा पुन फुटको संघारमा पुगेको बताइएको छ ।
नेपालमा स्थिर शासन भएको देख्न नचाहने र संधै अस्थिरतामा राखेर आफनो स्वार्थपुर्तिको लागि खेल्ने बिदेशी चलखेलका कारण पनि नेकपामा यस्तो दुर्र अवस्था आएको बताइन्छ । यी कुराहरुलाई नेकपाका मुख्य नेताहरुले नबुझेका पनि होइनन । तर बुझेर पनि उनीहरुले बुझ पचाएर घर झगडा मच्चाईरहेका छन । उनीहरुको आन्तरिक घर झगडाले सिङगो मुलुकको राजनीतिक प्रणालीलाई असर पुरर्याएको छ ।
समृद्ध मुलुकको कल्पना गरेर स्थिर सरकार गठनका लागि मतदान गरेका नेपाली जनताको जनभावनामा ठेस पुरार्याउने काम नेकपाका दुई अध्यक्षबाट भइरहेको छ । खासगरी नेतृत्वमा रहेका दुई अध्यक्षका कारण नै यस्तो परिस्थिति आइपरेको आरोप जनस्तरबाट लाग्ने गरेको छ । दुई अध्यक्ष मिल्नुको बिकल्प छैन भन्ने जनभावना रहदै आएको छ । तर मुख्य नेताहरु जनभावनाको कदर गर्नुको सटट आ–आफनै स्वार्थमा केन्द्रित छन । जसका कारण नेकपाको मात्र होइन सिङगो मुलुकको राजनीतिक भविष्य नै अन्यौलमा पर्न गएको भन्दै आम जनता चिन्तित हुन थालेका छन । हाल नेकपामा उत्पन्न बिवाद सैद्धान्तिक भन्दा पनि व्यक्ति र सत्ता केन्द्रित रहेको आरोप लाग्ने गरेको छ । हुन पनि नेताहरुको बोली र व्यवहारबाट यस्तै देखिदै आएको छ ।
गएको भदौ २६ मा बसेको नेकपा स्थायी समिति बैठकको निर्णय र निर्देशनअनुसार सरकार चल्नुपर्ने बिषयमा अध्यक्षद्धयका बिचमा सहमति भएपनि कार्यान्वयन हुन नसक्दा पार्टीमा निरन्तर बिवाद बढदै गइरहेको छ । कतिसम्म भने नेकपामा बढदै गएको बिवाद कै कारण छिमेकी मुलुकको नजर पनि सरकार माथि लाग्न थालेको छ । यही बिवादमा खेलेर आफनो स्वार्थ पुर्ति गर्न पल्केकाहरुको नेपाल ओहोरदोहोर बाक्लिन थालेको घटनाक्रमहरुले देखाइरहेको छ ।
यही परिवेशमा भारतिय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलले खुल्ला रुपमा नेपालको एक दिने भ्रमण गरिसकेका छन । उनले प्रधानमन्त्री ओलीसँग खुल्लारुपमा भेटघाट गरे भने गोप्य रुपमा पुर्व राजा ज्ञानेन्द्र देखि अन्य राजनीतिक दलहरुका नेताहरुसँग भेटघाट गर्न भ्याए । यसअघि यस्तो भ्रमण गोप्यरुपमा हुने गरेको भएपनि यो पटक खुल्ला र घोषित रुपमा नै एको छ । यसले पनि नेपालको राजनीति तरल अवस्थामा पुगेको संकेत गरेको छ । गोयलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पार्टी भित्रको आन्तरिक संकट टार्न सुझाव दिएको बताइन्छ । उनको यो सल्लाहसँगै क्रुद्ध बनेका ओलीले त्यसको जवाफ एउटा सार्वजनिक कार्यक्रममार्फत आफुले प्रधानमन्त्री पदबाट कुनै पनि हालतमा तत्काल राजीनामा नदिने घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीको राजीनामा बारे यो पटक पार्टीका नेताहरुले कुनै उच्चारण नै गरेका थिएनन । तर प्रधानमन्त्री ओलीले एक्कासी किन राजीनामा दिन्न भनेर बोल्न बाध्य भए यसले राजनीतिक बृत्तमा आशंका जन्माएको छ ।
गोयलको भ्रमण लगत्तै भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल आए । नेपाली सेनाको मानार्थ महारथीको दर्जयानी ग्रहन गर्न आएको बताइए पनि त्यस भित्र धेरै रहस्यहरु लुकेको बताइन्छ । हाल नेपाल र भारतबिच बिवादित क्षेत्र बनेका कालापानी र लिपुलेकको बारेमा प्रधानमन्त्री ओलीको धारणा बुझने उनको भ्रमणको मुख्य उदेश्य रहेको बताइएको छ । यसैगरी भारतिय बिदेश सचिवले पनि यही महिनामा नेपालको भ्रमण गर्न लागेका छन । साथै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका बोकेर आगामी मंसिर १४ गते नेपाल आउन लागेका छन ।
एकपछि अर्को गरी छिमेकी मुलुकका प्रतिनिधिहरुको नेपाल भ्रमणको दौडाहालाई नियमित र स्वभाविक मात्र मान्न सकिने अवस्था छैन । यस भित्र थुप्रै राजनीतिक स्वार्थहरु लुकेका छन । फुटनको लागि भिरको डिलमा पुगेको नेकपालाई केही दिनको लागि मत्थर पार्ने काम नेपालका लागि चीनका राजदुत होउ यान्छीले गरेकी छन ।