बर्दिबासमा चार वुँदे सहमति पछि प्रदर्शन रोकियो

जनकपुरधाम । बर्दिबासमा प्रशासन र आन्दोलनरत पक्षबीच चार बुँदे सहमति भएपछि हिजोदेखि त्यहाँ हुँदै आएको प्रदर्शन रोकिएको छ ।
६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा प्रदर्शन भएको थियो । सो प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु सञ्जय न्यौपानेको मृत्यु भएपछि आन्दोलन अझ चर्केको थियो ।
वार्तामा पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताएका छन् ।
बार्तामा आन्दोलनरत पक्षबाट वार्ता टोलीका संयोजक कांग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामणि पोखरेल र हिरा गौतम लगायत थिए भने प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रतिनिधि रहेका थिए ।