३ जनालाई सचिवमा बढुवा गर्ने निर्णय

बंगलादेश र भारतमा व्यावासायिक उडान सुरु गर्ने

काठमाडौं । सरकारले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताइएको छ ।
ुसहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।
साथै भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय वैठकले गरेको बताइएको छ ।
यस्तै बंगलादेश र भारतमा व्यावासायिक उडान सुरु गर्ने समेत निर्णय पनि भएको बताइएको छ ।