पौडेलको पक्राउपछि काँग्रेसको होस खुल्यो

काठमाडौं । गत बुधवार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पुल उदघाटनका लागि तनहुँमा पुगेको र उनले सरकारी निशेधाज्ञा उल्लघंन गरेको भन्दै प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेका पौडेल केही घण्टापछि छुटे । उनी पक्राउ परे लगत्तै नेपाली काँग्रसले बिज्ञप्ती जारी गर्दै सरकारी कदमको घोर निन्दा गरर्यो । सभापति देउवाद्धारा जारी बिज्ञप्तीमा सरकारले पौडेलमाथि गरेको व्यवहारको खुलेरै निन्दा गरेपछि बल्ल मुलुकमा प्रतिपक्ष दल पनि रहेछ भन्ने भान र महसुस नेपाली काँग्रेसका कार्यकर्ताले गर्न पाएका छन । यसअघि यस्ता दर्जनौ घटना हुँदासमेत उ सरकार बिरुद्ध चुँ सम्म बोल्न सकिरहेको थिएन ।
अरु कुरा त परै जावस । मुलुकमा सरकारले अन्याय, अत्याचार, मंहगी बृद्धि, भ्रष्टाचार, कुशासन, कोरोना महामारीका कारण सर्वसाधरण जनता भोकै पर्दासमेत बोल्न नसकेको नेपाली काँगे्रस आफनो नेतालाई प्रहरीले प्रक्राउ गर्नासाथ एकहात माथि उठेर बिरोधमा उत्रियो । यसवाट पनि नेपाली जनताले काँग्रेसको असली र सक्कली अनुहारको पहिचान गर्न पाएका छन ।
नेकपा नेतृत्वको बर्तमान सरकार गठन भएको आगामी फागुनमा तीन वर्ष पुग्दैछ । यो बिचमा नेपाली जनताकोे चाहाना बिपरितका सयांै काम कारवाही भएका छन । उसको अत्याचारको बिरुद्धमा उसले सडक वा सदन कुनै पनि ठाँउमा खरो रुपमा जनताको आवाज बोल्न सकिरहेको थिएन र छैन पनि । आफनै नेता प्रक्राउ परेपछि मात्र उसले पीडाबोध गरेको देखियो । प्रमुख प्रतिपक्ष दल भनेको आगामी दिनका लागि वेटिङ सरकार पनि हो । उसले सरकारले गर्ने हरेक गल्ती र कमजोरीलाई मनन गरेर जनतामाझ खवरदारी गर्नु उसको दायित्व हुन आउँछ । तर आजका दिनसम्म यसले यि सवै दायित्वलाई पुरै रुपमा भुलेर आफनै तालमा अगाडि बढिरहेको छ ।
नेता पौडेलको पक्राउलाई भने उसले अहिले ठुलै राजनीतिक इस्यु बनाएको देखिन्छ । यही बिषयलाई लिएर नेपाली काँग्रसले आगामी २९ गते देश व्यापीरुपमा सरकार बिरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल बर्तमान सरकारको अर्को छाँया सरकार पनि हो । उसले आफना नेताको पक्राउको बिषय भन्दा पनि नेपाली जनताले अहिले भोग्नु परिरहेको दुख र पीडालाई लिएर आन्दोलन गरेको भए त्यसलाई ठीकै मान्न सकिन्थ्यो । तर यी बिषयलाई पुरै वाइपास गरेर पार्टी र नेता केन्द्रित भएर गर्ने आन्दोलनमा नेपाली काँग्रेसका कार्यकर्ताले त साथ देलान तर नेपाली जनताको साथ र सहयोग भने कमै रहने बताइन्छ । सरकारले गर्ने हरेका कमी कमजोरीका बारेमा नेपाली नाताकामाझ सु सज्जित गर्दै खवरदारी गर्नु उसको मुख्य दायित्व हो ।