सरकारको अर्कमन्याताले प्रतिग्रमनलाई निम्ता
राजतन्त्रको पक्षमा युवाहरुको उल्लेख्य सहभागिता किन ?
काठमाडौं । बर्तमान सरकार गठन हुँदा नेपाली जनतामा बाँडिएको सपना र नेकपाले चुनावताका आफनो घोषणापत्रमा बाचा गरेको बिषय पुरा गर्न तिर अग्रसर भएको भए आज मुलुकको अवस्था कायापलट भइसकेको हुनथ्यो । हिजोको दिनमा नेपाली जनतामाझ गरेको प्रतिबद्धता बिपरित सरकारमा पुगेसँगै सवै कुरा बिर्सेर नेकपाका मुख्य नेताहरु सत्तामा केन्द्रित हुन पुगेपछि मुलुकको राजनीतिले कोल्टो फेर्ने संकेतहरु बाहिर आउन थालेका छन ।
०६२–०६३ सालको जनआन्दोलनको बलमा फालिएको पराम्परागत शक्तिलाई पुर्नस्थापना गर्ने खेलहरु अहिले तिब्र रुपमा हुन थालेको महसुस हुदैंछ । यसका लागि स्वदेशी र बिदेशी शक्तिहरुले लगानी जुटाइसकेको समाचारहरु पनि बाहिर आइरहेका छन । दुवै लगानीकर्ताहरुको उस्काहट र प्रायोजनमा जिल्ला जिल्लाहरुमा संघीयता र गणतन्त्र बिरुद्ध नारावाजी हुन थालिसकेको पनि छ ।
खासगरी मुलुकको नेतृत्व गरेको नेकपा भित्रको आन्तरिक बिवाद चरम उत्कर्षमा पुगेर पार्टी बिभाजनको दिशातर्फ अगाडि बढेपछि प्रतिगमनकारी शक्तिहरु एकजुट भएर जुर्रमुराउन थालेका हुन । हिजोको दिनसम्म चिसो मौसममा दुलोभित्र पसेको सर्प जसरी लुकेर बसेकाहरु अहिले गोमन सर्पले मानिसलाई टोक्ने बेलामा टाउको ठाडो बनाए झै गरी बाहिर निस्क्निे तयारी गरिरहेका छन ।
जिल्ला जिल्लाहरुबाट बर्तमान सरकार, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिरुद्धमा नाराबाजीहरुसमेत भइरहेको छ । उनीहरुले संसदमा प्रमुख प्रतिपक्ष दलको भुमिकामा रहेको नेपाली काँग्रेसको कमजोर भुमिकामाथि पनि प्रश्नहरु उठन थालेका छन । १४ औं महाधिवेशनमा नेपाली काँग्रेस केन्द्रित भएर सो दल भित्रको आन्तरिक बिवाद उत्कर्षमा पुगेको र नेकपा पनि सत्ता केन्द्रित भएर घर झगडामा अल्झिएको बर्तमान अवस्थालाई मध्यनजर गर्दै यो नै उपयुक्त मौका र अवसर हो भनेर चलखेल गर्ने मौका र रणनीति अख्तियार गरेको बुझिएको छ ।
जव मुलुक कठिन परिस्थितिमा पुग्छ यस्तो समयलाई उनीहरुले अनुकुल मौका संझेर सल्वलाउने र प्रतिगमनले टाउको उठाउने गरेका बिगतका घटनाहरुले देखाउँछ । जव मुख्य राजनीतिक शक्तिहरु कमजोर बन्न पुग्छन यस्तो समय प्रतिमनकारीहरुलाई एकजुट भएर राजसंस्थाको वकालत गर्ने र राजनीतिक शक्तिहरुलाई तर्साउने खेल हिजोकै परम्परा हो ।
तर पुर्व राजा ज्ञानेन्द्र शाहले अहिलेको भइरहेको आन्दोलनमा आफनो कुनै सम्वन्ध र चासो नरहेको बताएका छन । गत बिहिवार पुर्व राजा शाहका निजी सचिव सागर तिम्लिसेनाले यो कुराको जानकारी गराइसकेको भनाइ बाहिर आएको छ । यसबाट सडकमा निस्किएको समुह केही निराश बन्न पुगेको बताइए पनि भित्री रुपमा उनीहरुलाई उनको साथ रहेको बुझन कुनै कठिनाई छैन । यदि उनको साथ र सहयोग नपाएको भए बिगतका डेट स्पाएर भइसकेका पात्रहरु नै राज संस्थाको वकालत गर्दै फेरी किन सडक र मिडियाहरुमा छाइरहेका छन ?
सरकारले कोरोनाको महामारीलाई बहाना बनाएर सडक आन्दोलन गर्न तम्सिएकाहरुलाई दमन गर्ने नीति अख्तियार गरेको छ । यही कारणले हो वा अरु कुनै कारणले पुर्व राजाको तर्फबाट बाध्य भएर यस्तो बिज्ञप्ति आउनपुग्यो । जसका लागि भनेर सडकमा उत्रन लागेको उसैको तर्फबाट यस्तो बिज्ञप्ती आएपछि आन्दोलनकर्ताहरु पनि केही निराश भएका हुन कि भन्ने भान परिरहेको पनि छ ।
शनिवार राजसंस्थाको माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा ठुलै जमघट भएको छ । तर यो जमघटलाई प्रहरी प्रशासनले दमन गर्ने भन्दा पनि शान्तिपुर्ण रुपमा बिरोध गर्न दिएको छ । अहिले आम नागरिकमा पुर्व राजाको चलखेलबाट नै बर्तमान व्यवस्था बिरुद्ध नारावाजी भएको होकी भनि आशंका भइरहेको पनि छ । यस्तो समयमा निर्मल निवासबाट आकस्मिक रुपमा यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि मुख्य राजनीतिक दलहरुलाई भने केही राहत मिलेको बताइएको छ ।
केही बिदशी शक्तिहरु अहिले केही पराम्परागत र स्वार्थी समुहरुमाथि लगानी गरेर गणतन्त्र र संघीयता बिरुद्ध कोकोहोलो मच्चाउन लागि परेको बताइन्छ । यो कुरालाई पुर्व राजाले बुझेर नै बिदेशीको उस्काहटमा व्यवस्था बिरुद्ध लागेको नारावाजीमा आफनो नाम जोडिएपछि मुख खोलेको बताइएको छ । पुर्व राजाले बाध्य भएर निजी सचिवमार्फत आफनो भनाइ सार्वजनिक गरेपछि राजसंस्थाको माग गरेर सडक आन्दोलन गर्नेहरुलाई भने केही निराश बनाएको अडकलबाजीहरु भइरहेका छन ।