थप १०१४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६२२० जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ जना पुगेको छ ।
आज कहाँ कति जना संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६७, रुपन्देहीमा ५३, चितवनमा ३६, भक्तपुरमा ३१, कास्कीमा ३०, कपिलवस्तु र दाङमा २८/२८, कञ्चनपुरमा २७, कैलालीमा २४, झापा र अछाममा २२/२२, मोरङमा २०, सुर्खेतमा १६, काभ्रे र अर्घाखाँचीमा १५/१५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै पाल्पामा १४, प्युठान र डडेल्धुरामा १२/१२, सुनसरी र पर्वतमा ११/११, इलाम, तनहुँ, नवलपरासी पश्चिम र बझाङमा १०/१०, बारा, मकवानपुर, बाग्लुङ र बाँकेमा ९/९, धादिङ र नवलपरासी पूर्वमा ८/८, संखुवासभा र स्याङ्जामा ६/६, सप्तरी, सिन्धुपाल्चोक र लमजुङमा ५/५, नुवाकोट, गोरखा, मुगु र जुम्लामा ४/४ जना संक्रमित भेटिएका छन् ।
धनुषा, सिराहा, ताप्लेजुङ, दोलखा, कालीकोट र बर्दियामा ३/३ जना, पर्सा, ओखलढुंगा, सर्लाही गुल्मी, दैलेख, जाजरकोट, रोल्पा र बैतडीमा २/२ र पाँचथर, तेह्रथुम, रौतहट, महोत्तरी, रामेछाप, सिन्धुली र बाजुरामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।