नेप्से परिसूचक बढ्यो, सबै समूह हरियाली

काठमाडौं । आज सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ ।
आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ ।
आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो भने सोमबार २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।