राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग, २०७८ वैशाख १७ र २७ गते निर्वाचन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर मन्त्रिपरिषद् वैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधसभा भंग गरेर नयाँ निर्वाचनको मिति घोषणा गर्नु भएको जनाइएको छ ।
आज विहान बसेको मन्त्रिपरिषद् आकस्मिक वैठकले नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोक्नु भएको विज्ञप्तिमा उल्लेख छ ।