संसद् विघटनअगावै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको खुलासा

काठमाडौं । संसद विघटन हुनु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ ।
संसद् सचिवालयमा सत्तारुढ दल नेकपाकै ९० जना सांसदको हस्ताक्षर गरेर प्रम ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको खुलासा भएको छ । अविश्वासको प्रस्तावमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको थियो ।
आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए ।
राष्ट्रपति भण्डारीले दिउँसो संसद् भंग भएको जानकारी गराउँदै २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव घोषणा गरेकी छिन् ।