दाहाल–नेपाल समूहद्वारा आधिकारिकताका लागि आयोगमा ज्ञापन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले पार्टीको आधिकारिता दावी गर्दै निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोग आज आयोग गएर प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियालाई ज्ञापनपत्र बुुझाएका हुन ।
दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग दावी गरेका छन् ।
आयोगले सबै केन्द्रीय सदस्यलाई बोलायो भने उपस्थित हुन तयार रहेको विश्वास दिलाउँदै अध्यक्ष दाहालले आधिकारिताका लागि त्यसभन्दा ठूलो अरू प्रमाण केही हुुन नसक्ने जिकिर गरेका छन् ।
अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुुनाव चिह्नबारे कानूून र विवेकसम्मत ढङ्गबाट निर्णयमा पुुग्न आयोगलाई सुुझाव दिएका छन् । उनले लोकतान्त्रिक मूूल्यमान्यता, संविधान र कानूनका आधारमा उठेका प्रश्न छिनोफानो हुनेमा आफूहरु विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।
सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिएका छन् । उनले पार्टीको विधान, स्थापित नजीर र प्रचलित कानूनका आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट आयोगले न्याय निरुपण गर्ने स्पष्ट गरेका छन् ।