प्रधानमन्त्रीले दक्ष अनुभवी, योग्य इमान्दार प्राबिधिकलाई साथमा लिएर काम गर्नुपर्छ

ई. सूर्यनाथ वास्तोला, जलस्रोतविद्

नेपालमा १०–१२ वटा जलश्रोत र बिद्युत उत्पादन गर्ने आयोजनाहरुको अध्ययन भइसकेको छ । यसमा लगानी जुटाएर उत्पादन गर्न सकियो भने १२ हजार मेगावाट बिजुली उत्पादन हुनेछ । यो बिजुली हाम्रा छिमेकी मुलुक भारत, बङलादेशलगायतलाई बेच्न सकिन्छ । यसले मुलुकको आम्दानी ४ गुणा बढाउँछ । यसको लागि दशवर्षको समय लाग्न सक्छ । यो पहिल्यै नै शुरु गरी सक्नुपर्दथ्यो । निर्णयकर्ताहरुले समयमा निर्णय गर्न नसक्दा यो काम हुन सकेन ।
अव यो काम अगाडि बढाउन र शुरु गर्न कति पनि ढिलाई गर्नु हुदैन । भारत र बङलादेशसँग सहकार्य गरी अमेरिका, क्यानडा र युरोपियन मुलुकहरुबाट लगानी भित्राई लगानीमैत्री वातावरण तयार गरी यो काम गर्न सकिन्छ । यसका लागि शक्तिशाली ‘वाटर पावर कमिशन’ बनाएर काम शुरु गर्न आवश्यक हुन्छ । यस्तै कृषि, पशुपालन, पर्यटनमा लगायतमा बिस्तृत २० बर्षे प्लान बनाएर प्लानिङ कमिशनमा ‘थिङ टयाङ’ राखेर काम गर्नुपर्दछ । अन्तरिम समकालमा ठुल–ठुला निर्णयहरु गर्न नसकिएला तर पनि प्लान बनाउन कसैले रोक्न सक्दैन ।
जलश्रोतको बिकास गर्न सके जलपारवहन आफै बिकास हुन्छ । यी कामको शुरुवात मात्र भएपनि यथेष्ट हुन्छ साथै मुलुक समृद्ध बनाउने प्रधानमन्त्री ओलीको इच्छा पुरा हुन्छ ।
खासगरी मुलुक आफनै आन्तरिक कलहबाट बिकासमा संधै बाधा पुगेको हाम्रो इतिहास यसपाली पनि त्यही दोहोरियो र प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक परिस्थितिमा बर्तमान कदम चाल्नुपरेको हो । जनताको चाहाना र प्रधानमन्त्री ओलीले मुलु्क समृद्ध, गौरवशाली बनाउँछु भन्ने गरेकोले सोही बिश्वासमा नेपाली जनताले गएको निर्वाचनमा बहुमत दिएका हुन ।
दिगो बिकासका लागि सरकारका सवै संयन्त्रहरु प्रयोग र संचालनमा ल्याएर सरकारले उदेश्य हासिल गर्न अब कदम चाल्नै पर्दछ । यसमा नेपाली जनताले पनि साथ दिनुपर्दछ । साना ठुला सवै प्रकारका योजनाको र सरकारको काम कारवाहीको सपरभिजन गर्ने बलियो संयन्त्र बनाउनु पर्दछ । यसका लागि दक्ष, अनुभवी, योग्य, इमान्दार प्राविधिकसहितलाई संलग्न गराई योजना आयोग र नेपाल इन्भेन्समेन्टने बोर्डलाई बलियो बनाई बिभिन्न योजनाहरु र बिदेशी लगानी भित्राउने बातावरण बनाउनुपर्दछ ।
देशी बिदेशी लगानीकर्ताहरुको बिश्वास जितेर जलश्रोत, कुषि, पशुपालन, जडिबुटी तथा अन्य योजनाहरुमा लगानी ल्याउनुपर्दछ । नेपाल सरकारको नोकरीवाट अवकाश पछिको मेरो दश वर्षको अमेरिका, क्यानडा, चीन, भारत, बङलादेशलगायत मुलुकको बसाईको अनुभवाट उनीहरुमा जलश्रोत देखि कृषि, पर्यटनलगायत अन्य योजनामा लगानी गर्न इच्छुक रहेको पाएको छु । तर चाहेका शर्तहरु र बातावरण लगानीमैत्री बनाइ दिनुपर्छ । निर्वाचनको मिति घोषणा भइसकेकोले सवै काम गर्न नसकिएला तर देश समृद्धशादी र जनता सुखीको बाटोबाट अगाडि बढन यी काम गर्न भने सकिन्छ नै ।
बर्तमान सरकारलाई आफनै पार्टीका साथीहरुले काम गर्न बाधा पुरर्याएका थिए । अव त्यो समस्या रहेन । मुलुकलाई समृद्ध बनाउने, गणतन्त्रलाई बजबुत पार्दै संबिधानको भावनाअनुसार अमचयन र बिकासको कामलाई तिव्रता दिनुपर्छ । त्यसका लागि बिदेशी लगानी भित्राउने बातावरण तयार गर्दै अगाडि बढन आवश्यक छ । सरकारले व्युरोक्रेसीदेखि अरु संघ संस्थाहरुलाई चलायमान बनाएर काममा लगाउनुपर्दछ ।
नयाँ योजना, जनताका सानातिना दुखकष्टहरुलाई सरकारले मध्यनजर लगाउनुपर्दछ । बिकास निमार्ण र सरकारको काम कारवाहीको परिर्वेक्षण र सुपरिर्वेक्षण गर्न दरो संयन्त्र बनाएर कार्य गर्नुपर्छ । जनतालाई सुशासन र बिकासको अनुभुती दिन सक्नुपर्दछ । बर्तमान ओली नेतृत्वको सरकारले यी कार्य गर्नुका साथै गणतान्त्रिक प्रजातन्त्रको मर्म अनुरुप नै संबिधानअनुसार तोकिएको मिति आगामी बैशाखमा निस्पक्ष चुनाव गराउने कुरामा दुईमत छैन र हुन सक्दैन ।
अनुभवी, योग्य, दक्ष र इमान्दार बिज्ञहरुको सहयोग हरेक क्षेत्रमा आवश्यक र अनिवार्य हुन जान्छ । यसका लागि केही इमान्दार व्यक्तिहरु प्रधानमन्त्री ओलीलाई सहयोग गर्न तयार भएर बसेका पनि छन । प्रधानमन्त्रीले यो कुराको पहिचान गर्न सक्नुपर्दछ । कामना गरौं, सहयोग गरौं प्रधानमन्त्री ओलीकै नेतृत्वमा मुलुक आर्थिक रुपमा सवल, समृद्ध र गौरवशाली बनोस ।
झण्डै दुई तिहाई जनमत पाएको बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारलाई आफनै दलका नेताहरुले काम गर्न नदिएर अफ्ठयारो पारेकै कारण संसद बिघटन गर्नु परेको हो । ओली नेतृत्वको सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई कार्यान्वयन गर्न नदिइएको र त्यो मौका प्रधानमन्त्री ओलीले नपाएकोले बाध्य भएर अहिलेको अवस्था आएको छ ।
अव संसद नरहेको र अवरोध गर्नेहरु पनि बिस्तारै साइड लाग्दै गएकोले र प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अगाडि सारेको नारा क्रमश कार्यान्वयन हुने र गर्ने बेला आएको छ । मुलुक बिकास गर्नको लागि मुख्य कुरा राजनीतिक बातारण नै आवश्य भएको उनको धारणा छ । जनमत पाउँदैमा मात्र सवै कुरा हुने होइन, त्यसका लागि काम गर्ने वातारण चाँही मुख्य कुरा हो ।
नेपाली जनताले गत निर्वाचनमा नेकपालाई पुर्ण बहुमतका साथ सरकार संचालन गर्न र मुलुकलाई समृद्ध बनाउनको लागि आवश्यक म्याण्डेड दिएपनि आफनै दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई काम गर्न अवरोध गरेकै कारण अहिलेको अवस्था आएको हो । प्रधानमन्त्री ओलीमा मुलुकमा केही गरेर देखाउने दृढ इच्छा शक्ति पनि छ । तर उनले त्यो मौका नै पाउन सकेनन । मुलुक बिकास गर्नको लागि पहिलो कुरा आफनै मुलुक भित्र सहज रुपमा उपलव्ध रहेको अपार जल श्रोतलाई उपयोग गर्नु अहिलेको आवश्यकता हो । त्यसको लागि बर्तमान सरकारले अध्ययन अनुसन्धानका कामलाई शुरुमा त योजना नै बनाएर अगाडि बढाउन जरुरी हुन्छ ।
हामीले नेपाललाई छिटै समृद्ध बनाउने मुख्य आधार भनेकै जलश्रोत हो । जलश्रोतको उचित किसिमले परिचालन र प्रयोग नगरेसम्म मुलुक बन्न सक्दैन साथै हामी समृद्ध नेपाल र सुखी नेपालीको नारा र लक्ष्यमा पुग्न सक्दैनौ । त्यसको लागि नेपालले हाम्रा छिमेकी मुलुकहरुसँग सहकार्य गरेर ठुलठुला जलबिद्युत परियोजनाहरु निमार्ण गर्नका लागि आवश्यक पर्ने लगानी भित्राउने बातावरण तयार गर्नुपर्छ । यो सँगै निर्धारित समयमा उर्जा उत्पादन गर्नसक्नुपर्दछ । नेपालमा उत्पादित बिजुली छिमेकी मुलुकहरुलाई आवश्यक छ सजिलै बेच्न पनि सकिन्छ ।
पयर्टनलाई भन्दा पनि हामीले जलश्रोतलाई नै बढी से बढी फोकस गर्नुपर्छ । पर्यटनबाट फाइदा लिन समय लाग्छ । त्यसकारण राजनीतिक रुपमा छिमेकी मुलुकहरुसँग राम्रो सम्वन्ध बनाएर र साथै उनीहरुलाई बिश्वासमा लिएर लगानी भित्राउनु नै अहिलेको आवश्यकता हो । त्यसको लागि बर्तमान ओली नेतृत्वको सरकारले राजनीतिक वातारण बनाउन बढी जोड दिन आवश्यक छ । त्यसो गर्न सकिएको खण्डमा नेपालमा उत्पादित बिजुली सजिलै छिमेकी मुलुक भारत, बङलादेशलगायत अन्य मुलुकहरुमा सप्लाई गरेर छिट्टै आम्दानी लिन सकिन्छ । उनीहरुलाई उर्जाको निक्कै आवश्यकता पनि छ । त्यसको लागि पहिला राजनीति तहबाटै कुरा अगाडि बढाएर नेपालमा लगानी गर्ने र भित्राउने वातारण तयार गर्न अहिलेको टडकारो आवश्बयकता हो ।
नेपालबाट उत्पादन हुने उर्जामा लगानी गर्न र नेपालमा उत्पादित बिजुली किन्न उनीहरु तयारी अवस्थामा पनि छन । तर अहिलेसम्म यो बातावरण बन्न सकिरहेको छैन । अव प्रधानमन्त्री ओलीले यी र यस्ता बिषयमा जलश्रोत बिज्ञहरुसँग सरसल्लाह गरेर छिट्टै नै वातावरण तयार गर्दै अगाडि बढन ढिला गर्नु हुदैन । उर्जाबाट नै मुलुकले ठुलो फाईदा गर्न सक्छ साथै समृद्धिको ढोका पनि खुल्ने छ । यस्का लागि लगानी बोर्ड, राष्ट्रिय योजना आयोगलगायत सरकारी निकायमार्फत बातावरण तयार गर्नको लागि प्रधानमन्त्री तहवाटै निर्देशन हुनु जरुरी छ ।

(लेखक बास्तोला नेपालको निजामती प्रशासनमा ३० बर्ष काम गरेर अवकाश लिएपछि अमेरिका र क्यानाडा पुगेर त्यहाँको बिकास निर्माण र राजनीतिलाई नजिकबाट अध्ययन र अवलोकन गरेका बिषेशगरी जलबिद्युत सम्वन्धी धेरै कुराको अनुभवी छन् ।)