प्रतिनिधिसभा बिघटनपछि काँग्रेसको बाटो : देउवा दोधारमा, पौडेल प्रष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा प्रतिनिधी सभा बिघटन गरेपछि उत्पन्न परिस्थिति बारे नेपाली काँग्रेसले खुलेर आफनो पार्टीको बिचार बाहिर ल्याउन सकेको छैन । आगामी बैशाख १७ र २७ मा हुने भनिएको निर्वाचनलाई लिएर जारी केन्द्रिय समितिको बैठकमा केन्द्रिय समिति सदस्यहरुले बोल्ने क्रम जारी छ । यद्यपी आगामी पुष १९ गते सम्मको लागि स्थगित गरेर प्रतिनिधी सभा भंग गर्ने प्रधानमन्त्रीको कदम बिरुद्ध आन्दोलन गर्न भएको छ ।
सोमवार ७७ जिल्लाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधी सभा भंग गर्ने प्रधानमन्त्री ओलीको कदमको बिषयलाई लिएर बिरोध गर्न लागिएको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबिच प्रतिनिधी सभा भंग गर्ने प्रम ओलीको कदमलाई अगल अलग बिचार र धारणाहरु बाहिर आइरहेका छन ।
सभापति देउवा घोषित निर्वाचनमा भाग लिनुपर्ने पक्षमा रहेका छन भने बरिष्ठ नेता प्रधानमन्त्रीले चालेको कदम बिरुद्ध खरो गरी बिरोधमा उत्रनु पक्षमा उभिएका छन । अहिले नै निर्वाचनमा जाने घोषणा गर्नु भनेको प्रधानमन्त्री ओलीले चालेको कदमलाई खुल्ला समर्थन गर्नु सरह भएको पौडेल पक्षको तर्क रहेको छ ।
यता सभापति देउवा समुह भने आन्दोलनको सटट अहिलेदेखि नै खुलेरै निर्वाचनमा भाग लिनुपर्ने तर्क प्रस्तुत गरिरहेको छ । जारी केन्द्रिय समितिमा आ–आफना समुहका केन्द्रिय सदस्यहरुले यस्तै भनाइ राख्दै आएका छन । जसका कारण प्रतिनिधी सभा भंग गर्ने प्रधानमन्त्रीको ओलीको कामलाई लिएर मुलुकको जेठो र पुरानो पार्टी यता न उताको स्थितिमा पुगेको छ ।
केही दिन भने पनि लोकतन्त्र बिरुद्ध प्रधानमन्त्री ओलीले चालेको बर्तमन कदमबारे जनतामाझ गएर बिरोध गर्नुको बिकल्प नरहेको तर्क पौडेल पक्षले राख्दै आएको छ । तर सभापति देउवा भने कार्यकारी प्रधानमन्त्री लिएको निर्णयलाई अन्यथारुपमा बुझनु नहुने पक्षमा उभिदै आएका छन । लोकतान्त्रिक गणतन्त्रको रक्षा कम्युनिष्टबाट हुन नसक्ने भन्दै पौडेल पक्ष निर्वाचनमा भन्दा पनि गणतन्त्र रक्षाको लागि आन्दोलन गरेर ओलीलाई तह लगाउनुपर्ने तर्क पौडेल पक्षले अगाडि सादैं आएको छ ।
तर देउवासँग प्रधानमन्त्री ओली निकट भएर नै उनको आड र भरोसामा प्रतिनिधी सभा भंग गरेको समाचारहरु बाहिर आइरहेका छन । यही कारणले गर्दा पनि प्रधानमन्त्री ओलीका बिरुद्ध देउवा खुलेर बोल्न नसकेको आरोप लागिरहेको छ । संवैधानिक परिषद बैठकबाट हुने नियुक्तिमा सभापति देउवाले भाग खोजेको र त्यहीअनुरुप संख्या पनि पाएकोले अहिले उनी मौन रहेको जानकारहरुको भनाई छ ।
सभापति देउवाको अपिल
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शनिबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्य समितिको बैठकले गरेको निर्णयअनुसार देशभका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध प्रदर्शन गर्न आह्वान गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको घटनामा पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् । तर उनी संसद भंगको विरोधमा जानेकी निर्वाचनमा भन्नेमा दोधारमै छन् ।