सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले मृत्यु दाबी रकम भुक्तानी
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा पाल्पाको रैनादेवी गाउँपालिका–४ का गोविन्द राना मगरको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरिएको हो । रानाले पी.आर.एस् काष्ठ सप्लायर्स कम्पनीमा काम गर्नुहुन्थ्यो ।
त्यस कम्पनीको काठ बोक्ने क्रममा गएको माघ २३ गते छत्रकोट गाउँपालिका–४दिगाममा मृत्यु भएको थियो । गोविन्दको एक वर्ष पहिला नेपाल वन पैदावर उद्योग व्यवसायी संघ गुल्मीले सगरमाथा इन्सोरेन्स कम्पनी लिमिटेडमा सामुहिक दुर्घटना बीमा गराईदिएको थियो ।
आइतबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले उपलब्ध गराएको रु १० लाख बराबरको चेक मृतक रानाकी श्रीमती कमला रानामगरलाई हस्तान्तरण गर्नुभएको हो ।
मृतक गोविन्दका हाल श्रीमती, चार छोरी र एक छोरा रहनुभएको छ । विश्वव्यापी महामारीका कारण प्रक्रिया नपुगेकाले भुक्तानीमा केही ढिलाई भएको सगरमाथा इन्स्योरेन्स गुल्मी शाखा प्रमुख रमेश अधिकारीले बताउनुभयो । यस जिल्लामा विगत २ वर्ष देखि सेवा दिईरहेको समेत उहाँको भनाई छ । स्थानिय स्तरमा अझैपनि बीमाको महत्व बुझन नसकिरहेको भन्दै बीमाले सुखदुखमा साथ दिने अधिकारीको भनाई छ ।
त्यस अवसरमा प्रजिअ शर्माले पीडित परिवारलाई केही भएपनि यसबाट राहत हुने बताउनुभयो । उहाँले बीमाको महत्वलाई बुझाउन आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।
मृत्युदाबी रकम भुक्तानी कार्यक्रममा सगरमाथा इन्स्योरेन्स गुल्मी शाखा अधिकारी, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ गुल्मीका अध्यक्ष घनश्याम न्यौपाने, उपाध्यक्ष प्रमिशराज श्रेष्ठ, लेखा संयोजक खिमानन्द भण्डारी एवम् जिल्ला कार्य समितीका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।