थपिए ५११ जना संक्रमित, सात जनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित २ लाख ६० हजार ५९ पुगेको छ । आज थपिएका संक्रमित मध्ये ३१२ जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२५, लतिपुरमा ४९ र भक्तपुरमा ३८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६।९ प्रतिशत छ । मन्त्रालयका अनुसार हाल ६ हजार ३ सय जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ११० आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म १९ लाख २६ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४७ जनाको मृत्यु दर्ता गरिएको छ ।